समलिंगी तेस्रोलिंगी महिला तिज बिशेष कार्यक्रमको निम्तो मान्दै

समलिंगी तेस्रोलिंगी महिला तिज बिशेष कार्यक्रमको निम्तो मान्दै

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) भदौ १३ – नेपाली हिन्दु महिलासँगै समलिंगी तेस्रोलिगी महिलालाई पनि तिजको चटारोले छोएको छ । बर्ष दिनभरिको दुखलाई विर्सिएर एक दिन भए पनि साथीहरुसँग रमाइलो गर्न आतुर समलिंगी तेस्रोलिंगी महिला तिजको अवसरमा भैरहेका तिज बिशेष कार्यक्रममा सहभागिता जनाउनमा व्यस्त छन् ।
केही वर्ष यता तिज विषेश कार्यक्रम भन्दै तिज अगावै विभिन्न संघसंस्थाले गर्ने दर खाने कार्यक्रममा समलिंगी तेस्रोलिंगी महिलालाई पनि आमण्त्रण गर्ने चलन बढ्दै गएको छ । मकवानपुर महिला समुहको आयोजनामा भएको तिज विशेष कार्यक्रममा मकवानपुरका समलिंगी तेस्रोलिंगी महिला प्नि सहभागी भई नाचगान गरेका छन् ।
महिलाको तिज विशेष कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई बोलाएर सहभागी गराएकोमा फ्रेण्ड्स हेटौडा मकवानपुरकी उपाध्यक्ष बर्षा मगरले मकवानपुर महिला समुहलाइ धन्यवाद दिईन् । उपस्थित सम्पुर्ण दिदिबहिनिहरको माझ सहभागी हुन पाउदा आफुहरुको मनोबल अझ उच्च भएको भन्दै उनले खुशी व्यक्त गरिन् ।
काठमाडौंमा नयाँ शक्ति नेपालले गरेको तिज बिशेष कार्यक्रममा पनि समलिंगी तेस्रोलिंगी महिला सहभागी भएर नाँचगान गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.