साहाराको नयाँ स्टेरिंग कमिटी गठन, मध्यमाञ्चलमा सुवास पोखरेल निर्वाचित

साहाराको नयाँ स्टेरिंग कमिटी गठन, मध्यमाञ्चलमा सुवास पोखरेल निर्वाचित

कास्की (पहिचान) भदौ १६ – साउथ एसियन ह्युमेन राइट एलाइन्स (साहारा) को नयाँ स्टेरिंग कमिटी गठन भएको छ । पोखरामा सम्पन्न समलिंगी तेस्रोलिंगीको दुई दिने राष्ट्रिय कार्याशाला गोष्टिले बिहीबार पाँच विकास क्षेत्रबाट एक एक जनाका दरले ५ सदस्यीय स्टेरिंग कमिटी चयन गरेको हो ।
Subasकमिटीमा मध्यमाञ्चलबाट सुवास पोखरेल, पूर्वाञ्चलबाट सुमन तामांग, सुदुरपश्चिमाञ्चलबाट राज चौधरी, मध्यपश्चिमाञ्चलबाट परिना चौधरी र पश्चिमाञ्चलबाट विष्णुकुमारी चेपांग चयन भएका हुन् ।
पोखरेलबाहेक सबै निर्विरोध चयन भएका थिए । पोखरेलले भने ५ जना प्रतिस्पिर्धीलाई पछि पार्दै कुल खसेको ७२ मतमा ३० मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्न्दी दिपेश भण्डारीले १४ मत प्राप्त गरेका थिए ।
स्टेरिंग कमिटीले नेपालमा रहेका समलिंगी तेस्रोलिंगीको मानवअधिकारको क्षेत्रमा काम गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानवअधिकार उंल्घनका घटनाको तत्थ्यांक संकलन गर्नेगर्छ ।
दक्षिण एसियाली राष्ट्रमा नेटर्वक रहेको साहाराले दक्षिण एसियाली राष्ट्रका समलिंगी तेस्रोलिंगीको अधिकारका लागि वकालत गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.