समलिंगी विवाह लिगलाइज हुन्छ : पन्त

समलिंगी विवाह लिगलाइज हुन्छ : पन्त

कास्की (पहिचान) भदौ १७ – मनिषा ढकालले दुई दिनअघि मलाई फोन गरेर समलिंगी विवाह अध्ययन प्रतिवेदनबारे अध्ययन गर्न भन्नु भयो मैले एकपटक यसअघि नै अध्ययन गरे पनि फेरि एकपटक हेरें, प्रतिवेदन अध्ययन गर्दा मैले यो निष्कर्ष निकालें, तपाईं ढुक्क हुनुहोस् अबको केही वर्षमा राज्य समलिंगी विवाहलाई लिगलाइज गराउन बाध्य हुन्छ ।
BDS (2)नील हिरा समाजले आयोजना गरेर दुई दिने पोखरामा गरेको राष्ट्रिय परामर्स भेलामा अधिबक्ता सुजन पन्तले भने, प्रतिवेदनले महिला पुरुषको विवाह र समलिंगी तेस्रोलिंगी विवाहमा केही फरक पर्दैन ।
प्रतिवेदन पोजेटिभ भएकाले सरकारले यसलाई ग्रहण गर्नेमा आफू विश्वस्त रहेको पन्तले बताए । उनले समलिंगी विवाहलाई मान्यता दिएका विश्वका धेरै देशको अध्ययन गरेर तयार पारिएको प्रतिवेदनमा समलिंगी विवाहलाई मान्यता दिएको सन्दर्भमा नेपाली समाजमा त्यसले कुनै असर नगर्ने उल्लेख भएको बताए ।
सरकारले अध्ययन प्रतिवेदनको सुझाव कार्यानवन गर्न आलटाल गरे सर्वोच्च अदालतमा जान सकिने भन्दै पन्तले सर्वोच्चमा रिट दायर गरे समलिंगी तेस्रोलिंगीका पक्षमा फैसला गर्ने जिकिर गरे ।
सर्वोच्चमा गयौं भने हाम्रै पक्षमा आदेश आउँछ तपाइँहरु ढुक्क हुनुस्, सेमसेक्स म्यारिजका पक्षमा आदेश आउँछ पन्तले भने तपाइँहरु कतिले विवाह गर्नुहुन्छ त्यो तपाइँहरुमै भरपर्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.