भदौमा फ्रेन्ड्स हटौंडाबाट ४० जनाले सेवा लिए

भदौमा फ्रेन्ड्स हटौंडाबाट ४० जनाले सेवा लिए

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असोज ३ – नील हिरा समाज मकवानपुरमा भदौमा ४० जना सेवा लिएका छन् । नील हिरा समाज मकवानपुरको शाखा कार्यालय फ्रेन्डस हटौंडामा आएर उपलब्ध सेवा ४० जनाले लिएका हुन् ।
फ्रेण्डस हेटौडाको बैठकमा महिनाभरी कार्यक्षेत्र र कार्यालयमा भएको मासिक कार्य मूल्यांकन, मासिक कार्य योजना, सामाजिक कार्यकर्ताहरुको कार्य स्थल परिवर्तन लगायतका विषयमा छलफल भएको थियो । छलफलमा सामाजिक कार्यकर्ताहरुले अफिसले दिएको सीवीटी टार्गेट पूरा गरेको, एचआईभी, यौन रोगको बारेमा जानकारी दिदै आएको बताएका छन् ।
भदौमा सीवीटी टेस्टको लक्ष्य ९८ जना भएकोमा एमएसएम ७९, एमएसडब्लू १५ जना र तेस्रोलिंगी एक जना गरी ९५ जनालाई टेष्ट गर्न सफल भएको महासागर राउतले जानकारी दिए । यसैगरी विभिन्न संघसंस्था, व्यक्ति, राजनीतिक दललगायतका ठाउसँग समन्वयको लागि निरन्तरता दिइरहेको मानव अधिकारकर्मी सुमित पौडेलले जानकारी दिए । फिल्ड सुपरभाइचरले ९०-९०-९० कार्यक्रम अन्तरगत काम गर्नुपर्ने भएकोले आगामी दिनमा अझबढी मेहनत गर्नुपर्ने बताए ।
यसैगरि बैठकको समीक्षा गर्दै कार्यक्रम संयोजक सुरज थापाले कामलाई निरन्तरता दिदै अगाडि बड्न आग्रह गरेका थिए । उनले भदौमा एक जना अन्तरलिंगी पनि भेटिएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.