‘समलिंगी हुनु अपराध हैन उनीहरुमाथिको हिंसा अमानवीय हो’

‘समलिंगी हुनु अपराध हैन उनीहरुमाथिको हिंसा अमानवीय हो’

490
SHARES

काठमाडौं (पहिचान) असोज ५ – राजनीतिक विश्लेषक उत्तमराज थापाले समलिंगी तेस्रोलिंगी हुुनु अपराध नभएको भन्दै उनीहरुमाथिको हिंसा मानवता विरोधी विषय भएको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा शिक्षासेवी समेत रहेका थापाले सबै मानव समान रहेको र उसको स्वभाव प्रकृतिले नै फरक फरक दिएको बताए ।
‘समलिंगी हुुनु अपराध हैन बरु समलिंगी भएकै कारण उनीहरुमाथि हुने हिंसा अमानवीय हो’, थापाले भने ‘मानव मानवबीचको विभेद २१ औं सताव्दीको समाजका लागि लज्जाको विषय हो ।’ उनले समाजको सर्वाङ्गिण विकासका लागि जुनसुकै प्रकारका विभेद बाधक हुने बताए ।
थापाले नेपालको राजनीति देखि सामान्य जनता सम्मको विगतलाई चटक्कै विर्सने र वर्तमानमा अनावस्यक उत्तेजित हुने गुण रहेको भन्दै त्यही गुण समाज सुधारका लागि बाधक भएको बताए । ‘हिजो के भएको थियो हामी चटक्क विर्सन्छौं, वर्तमानमा पनि अनावस्यक उत्तेजि हुन्छौं’ उनले भने, ‘हिजोका दिनबाट सिक्नुपर्ने पाठ सिकिदैन र वर्तमानमा संयमित भएर हिड्न सकिएन भने भोलिको बाटो यसै जटिल बन्न सक्छ समाज सुधारको बाटो अवरुद्ध हुन सक्छ ।’
उनले हाम्रो समाजको आम चरित्रनै त्यस्तो भएको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले पनि त्यसलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । ‘अरुको विभेदको विरोध गर्दा आफूभित्र पनि त्यस्ता विभेदका केही अंश बाँकीछन् भने त्यसलाई निर्मुल पार्नु आवस्यक छ’ थापाले भने ।

समाचार शेयर गर्नुहोस्
490
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.