निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नागरिकता सच्याउन मिल्दैन : पाल्पा सीडीओ

नागरिकता सच्याउन मिल्दैन : पाल्पा सीडीओ

501
SHARES

पाल्पा (पहिचान) असोज ६ – जिल्ला प्रशासन कार्यलय पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले लिंगको महलमा अन्य उल्लेख गरेको नागरिकता सच्याउन नमिल्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी गौतमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान अनुसारको नागरिकता माग गर्नु ठिकै भएपनि सच्याउन भने नसकिने स्पष्ट पारेका हुन् ।
पुरानो नागरिकता भएकाको सच्याउन निर्देशन नआएको उनले बताए । गौतमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तीको अभियानमा आफू सहयोग गर्न तयार रहेको तर कानुन विपरित जान भने नसक्ने स्पष्ट पारे ।
पाल्पा घर भएकी तेस्रोलिंगी अवन्तिका घर्तीले आफ्नो पहिचान अनुसारको नागरिकता लिन जिल्ला प्रशासन पाल्पामा माग गरेकी थिइन् । घर्तीले आफू जन्मिदा बालक भए पनि स्वभाव महिलाको जस्तो भएकाले आफूले आफ्नो पहिचान अनुसारको नागरिकता लिन चाहे पनि प्रशासनले नदिएको वताइन् ।
नील हिरा समाज भैरहवाकी मानव अधिकारकर्मी विष्णु माया प्रजाले पुरानो नागरिकता सच्याएका विभिन्न तेस्रोलिंगी व्यक्तिहरु पिंकी गुरुङ्ग, भूमिका श्रेष्ठ, आनिक राना, शिल्पा चौधरी, सन्तु पुन, मनिला न्यौपाने, रुपेश थापा लगायतका व्यक्तिहरुको उदाहारण समेत दिएकी थिइन् । उनले अन्य जिल्लामा सजिलै नागरिकता दिन मिल्ने तर पाल्पा जिल्लामा सच्याउनै नमिल्ने कारण प्रमुख जिल्ला अधिकारी गौतम संग मागेकी थिइन् । जवाफमा गौतमले नयाँ आउने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई जिल्ला प्रशासन कार्यलय पाल्पाले पनि तीन जना व्यक्तिहरुलाई अन्य उल्लेख गरेको नागरिकता प्रदान गरेको बताए । गौतमले भने, “अवन्तिकालाई पनि गृह मन्त्रालयले निर्देशन दिना साथ नागरिकता सच्याउछौं । तर मन्त्रालयको निर्देशन विना सच्याउन सकिदैन ।”
गौतमले जिल्ला प्रशासनले गृह मन्त्रालयलाई नागरिकता सच्याउन मिल्ने की नमिल्ने भन्ने विषयमा सोध पुछ गरेर मन्त्रालयको सकारात्मक निर्देशन आए घर्तीलाई पहिचान अनुसारकै नागरिकता प्रदान गर्ने प्रतिबद्धता जनाए ।

समाचार शेयर गर्नुहोस्
501
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.