निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राम्रो शब्द भेटे तेस्रोलिंगीका गीत गाउँछु : लोचन

राम्रो शब्द भेटे तेस्रोलिंगीका गीत गाउँछु : लोचन

864
SHARES

काठमाडौं (पहिचान) असोज ७ – गायिका लोचन भट्टराईले राम्रो शब्द भेटे समलिंगी तेस्रोलिंगीको विषय समेटिएको गीत गाउने बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा गायिका भट्टराईले भनिन्, “राम्रो गीतकारको राम्रो शब्द पाएको खण्डमा म समलिंगी तेस्रोलिंगीको विषय समेटिएको गीत गाउँछु ।”
समाजका आदर्श पात्र मानिने गायक गायिका तथा नायक नायिकाले समलिंगी तेस्रोलिंगी पनि समान नागरिक हुन् भन्ने यथार्त समाजलाई बुझाउन काम गर्न सक्ने उनको भनाइ छ । तर, यसका लागि अहिलेसम्म खासै कसैले पनि केही नगरेको उनले बताइन् ।
समलिंगी तेस्रोलिंगी जन्मजात ठगिएको भन्दै गायिका भट्टराईले उनीहरुलाई अरुलाई भन्दा धेरै सहयोग र सद्भावको आवश्यकता रहेको बताइन् । “उहाँहरु जन्मजात नै ठगिनु भयो । उहाँहरुलाई अन्य सामान्य भन्दा धेरै सहयोग र सद्भावको खाँचो पर्छ । म त उहाँहरुलाई सँधै सम्मानभावले हेर्छु,” गायिका भट्टराईले भनिन्,“उहाहरुलाई अधिकार दिनु पर्छ । समतामुलक समाज निर्माण हुनुपर्छ । समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नु पर्ने कुनै कारण म देख्दिन ।”
कतिपय अवस्थामा भने समलिंगीका नाममा दोहोरो चरित्र निभाउने व्यक्तिहरु पनि हुने गरेको भन्दै उनले उनीहरुबाट भने सचेत हुनुपर्ने बताइन् । “समाजमा दोहोरो चरित्र देखाउनेहरु पनि मैले देखेकी छु । उनीहरुले पनि समलिंगीका नाममा अधिकार खोजेका हुन् भने त्यो गलत हो । तर, तेस्रोलिंगी भने साँच्चै नै जन्मबाटै ठगिएका हुन्छन् । तिनलाई भने अधिकार दिनु पर्छ ।”

समाचार शेयर गर्नुहोस्
864
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.