मोडलिङ उपाधीका लागि तेस्रोलिंगीको प्रतिष्पर्धा

मोडलिङ उपाधीका लागि तेस्रोलिंगीको प्रतिष्पर्धा

काठमाडौं (पहिचान) असोज ८ – पहिलो पटक एन भोग उपाधीका लागि तेस्रोलिंगीले प्रतिष्पर्धा गरेका छन् । मोडलिङ र व्यत्तित्व विकासको एक महिने प्रशिक्षणमा सहभागी दुई जना तेस्रोलिंगी महिलाले एन भोग उपाधीका लागि प्रतिष्पर्धा गरेका हुन । तेस्रोलिंगी महिला अनुसा लामा टप २० मा पर्न सफल समेत भइन ।

jyoti-thapaतेस्रोलिंगी महिला ज्योती थापा र लामाले पहिचान खुलाएर हाउस अफ फेसनले गरेको प्रतियोगितामा एक महिने प्रशिक्षण लिएका थिए । नेपाली मोडलिङ र फेसन जगतमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्तालाई प्रोत्साहन गर्न ’एन भोग’ शीर्षकमा हाउस अफ फेसनले र्याम्प सो र मोडलिङ प्रतियोगिताको आयोजना गरेको हो । फर्मल, क्याजुअल, लेहेंगा, इभनिङ गाउनलगायत विभिन्न सात वटा सिक्वेलमा मोडलहरुले र्याम्पमा क्याटवाक प्रस्तुत गरेका थिए ।jyoti

सन् २०१३ मा सुरु भएको एन भोगको यो चौथौ संस्करणमा यो पटक दुई जना तेस्रोलिंगी महिलाले सहभागीता जनाएका हुन । हाउस अफ फेसनले आयोजना गरेको एन भोग मोडलिङ प्रतियोगितामा ६४ जना सहभागी भएका थिए । तेस्रोलिंगी ज्योती थापाले आफ्नो कला र खुवी देखाउन पाउँदा धेरै खुशी लागेको वताइन । मैले तेस्रोलिंगी महिलानै भनेर प्रतियोगितामा सहभागीता जनाएकी हुँ ज्योती पहिचान अनलाइनसँग कुरा गर्दै भनिन्, महिला पुरुष सरह आफूमा भएको क्षमता देखाउन लुकेर बस्नु हुँदैन । प्रतियोगितामा सहभागी भएर सबै माझ चिनिन पाइयो ज्योतीले भनिन्, मोडलिङ फिण्डमा आउन पाउँदा खुशी लागेको छ ।

अफिसियल मेक आर्टिस सोफी सुनुवारले ओपन भएर आउने सबैको सम्मान हुने गरेको वताइन । क्षमता देखाउन डराउनु हुदैन सोफिले भनिन्, को महिला, को पुरुष, को तेस्रोलिंगी प्रतिष्पर्धा गर्न डराउनु पर्दैन । यो प्रतियोगितामा तेस्रोलिंगी महिलाको सहभागिताले लुकेर बसेका समूदायका अरु सदस्यलाई खुलेर आउन मद्धत गर्ने सुनुवारको भनाई छ ।

नोट : तस्विरमा भएका सबै तेस्रोलिंगी होइनन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.