उलनको गमला बेचेर धनि हुँदै धनीराम

उलनको गमला बेचेर धनि हुँदै धनीराम

राज चौधरी/कैलाली (पहिचान) असोज १० – तेस्रोलिंगी धनीराम चौधरी उलनको गमला बनाउने काममा लागेका छन् । जन्मदा छोरा भएर जन्मिएका धनीराम अहिले आफूलाई तेस्रोलिंगी महिला भनेर चिनाउछन । फरक पहिचानकै कारण घर, परिवार र समाजबाट अपहेलित भएका धनीरामले आफ्नो जीवन धेरै हण्डर खाएका छन् ।
कक्षा ८ सम्मको अध्ययन पछि घर छाडेका धनिरामको जीवनमा धनि हुन भने लेखेकै रहेनछ जस्तो उनलाई लाग्थ्यो । ‘गुजारा चलाउनकै लागि उलनको गमला बनाउने काम सिकेर त्यही काम गर्न थालेकी थिए’ धनिरामले भनिन्, ‘तर अहिले यसले जीवनलाई सहज समेत बनाउँदै गएको छ ।’ उनले अहिले गुजारा मात्र सहज भएको भए पनि विस्तारै व्यवसायिकतामा पुग्ने अपेक्षा गरेको बताए ।dhaniram-chaudhari
कैलालीको हसुलरिया ८, मानउ गाउँका धनीराम जन्मिदा छोरा थिए । किशोर अवस्थामा प्रवेश भए पछि उनले आफूलाई पुरुष र महिला भन्दा फरक पाए । उनको लैंगिक पहिचान फरक भएका कारण उनी परिवार र समाजबाट नै अपहेलित हुनु परेको थियो । धनीराम अहिले आफुलाई तेस्रोलिंगी महिला सुमन भनेर परिचय दिन्छन् ।
विद्मालयामा साथी भाईहरु छक्का, हिजडा भनेर जिस्काउने र मानसिक यातना दिने गरेकाले स्कुलको पढाई छोड्न बाध्य भएको उनले वताए । ‘समलिंगी तेस्रोलिंगीलाई गाउँमा समस्या रहेको र समाज, घरपरिवारमा यो समुदायको बारेमा ज्ञान नहुँदा गाउँमा हिड्डुल गर्न पनि समस्या भोग्नु परेको उनले वताए । ‘गाउँ गाउँमा समलिंगी तेस्रोलिंगीको बारेमा शिक्षा दिनु आवस्यक छ’ सुमनले भनिन् ।
निरङ्गको आफ्नै व्यथा
यस्तै कैलालीको पवेरा गाविसका निरङ्ग चौधरी जन्मिदा छोरा थिइन् । परिवारको कान्छो छोराको रुपमा जन्म लिएकी निरंगलाई सानै देखि अरु साथिहरुभन्दा आफू फरक भएजस्तो लाग्थ्यो ।
निरंगले आफू फरक किन भएको भन्ने त्यतिवेलला थाहा पाए जतिवेला उनी १४ वर्षका थिए । उनलाई केटिको गेटअप बनाउन मन लाग्ने र केटासाथिहरु तिरै यौनिक आकर्षण पनि हुन थाले पछि उनी सुदुरपश्चिम समाज पुगेका थिए । त्यही गए पछि उनले आफू तेस्रो लिंगी भएको थाहा पाए ।
अहिले बिबिए अध्ययन गरीरहेका चौधरी अहिले आफूलाई केटिको रुपमा पहिचान बनाइसकेका छन् । ‘अरुभन्दा फरक भएकै कारण मैले थुप्रै विभेद आफ्नै साथीभाईहरुबाट सहनुपरेको छ’ उनले भनिन् ।
‘सधैं केटीकै गेटपमा भएपनि घरपरिवार र समाजले भने अझै स्वीकार गरेको छैन’ उनले भने, ‘अहिले कस्मेटिक पसल खोलेर आफ्नो गुजारा गरिरहेकी छु ।’ उनले समलिंगी तेस्रोलिंगिलाई घरपरिवार देखि समाज र घरपरिवारमा ज्ञान नभएकै कारण विभेद गरिरहेको भन्दै त्यसको अन्त्यका लागि सबैजना लाग्नुपर्ने बताइन् । ‘समलिंगी तेस्रोलिंगिको बारेमा शिक्षक ,विद्मार्थी अभिभावक र संघसंस्थाका व्यक्तिलाई शिक्षा दिनु र बुझाउनु आवस्यक छ’ उनले भनिन्, ‘मैले जस्तो दुख कुनै पनि अरु समलिंगी तेस्रोलिंगीहरुले झेल्नु नपरोस् ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.