यौंनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी विश्वराज अधिकारीलाई पितृ शोक

यौंनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी विश्वराज अधिकारीलाई पितृ शोक

काठमाडौं (पहिचान) असोज १० – यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी विश्वराज अधिकारीलाई पितृ शोक परेको छ । गत भदौं १६ गते क्यानसरबाट पीडित भएका उनका पिता भेषनाथ अधिकारीको हेटौंडा उपमहानगरपालिका मयुरधापमा निधन भएको हो । अधिकारीका विश्वराजसहित तीन छोरा र एक छोरी छन् ।
यौनिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील अधिकारीको शोकमा देशभका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समवेदना प्रकट गरेका छन् । नील हिरा समाज काठमाडौं, फ्रेण्ड्स हेटौंडा सहित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका क्षेत्रमा काम गर्ने देशभरका संघसंस्थाले मृतक भेषनाथ अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विश्वराज नील हिरा समाज काठमाडौंमा नर्वेजियन परियोजनामा कार्यक्रम अधिकृतका रुपमा काम गरिरहेका छन् । उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउँदै मानवअधिकारकर्मीका रुपमा पनि भूमिका निर्वाह गरिरहेका छन् ।
यस्तै नील हिरा समाजमा कार्यरत ध्रुव ढुङ्गानालाई मातृ शोक परेको छ । धुव्रकी ७६ बर्षकी आमा दिव्यकुमार ढुङ्गानाको उपचारका क्रममा निधन भएको हो । नील हिरा समाजले ढुङ्गानाको शोकमा समवेदना प्रकट गरेको छ ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.