‘तेस्रोलिंगी आयोग आवश्यक छ’

‘तेस्रोलिंगी आयोग आवश्यक छ’

कैलाली (पहिचान) असोज ११ – सुदुरपश्चिम समाजका हेस्थ असिस्टेन्ट राकेश उपाध्यायले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बृत्ति विकासका लागि छुट्टै आयोगको आवश्यकता औंल्याएका छन् ।
समलिंगी तेस्रोलिंगी अरु समुदायभन्दा पछि परेको भन्दै उनले उनीहरुलाई पनि महिला पुरुष सरह अघि बढाउन राज्यले छुट्टै आयोग बनाउनु पर्नेमा जोड दिए । विभिन्न समुदायको उत्थानका लागि नयाँ संविधानले आयोगको परिकल्पना गरे पनि समलिंगी तेस्रोलिंगीलाई पनि महिला पुरुष सरह बनाउनका लागि आयोगको व्यवस्था नगर्नु दुखद भएको उपाध्यायले बताए ।
राज्यका नजरमा सबै नागरिक समान रहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे बुझाउन प्राथमिक तह देखिनै समलिंगी तेस्रोलिंगीको विषय पाठ्यक्रममा समावेश गर्नु पर्नेमा उपाध्यायले जोड दिए । माष्टर डिग्रीमा मात्रै यौनिकताको विषय समावेश गरेर नहुने उनको भनाइ छ ।
समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म राज्यले समलिंगी तेस्रोलिंगीलाई विशेष व्यवस्था गर्नुपर्ने उनको धारणा छ । समाजले अझै पनि नकारात्मक रुपमा हेर्नु गलत भएको भन्दै यो अवस्थामा परिवर्तन ल्याउन समाजका सबै पक्षको उत्तिकै सहयोग आवश्यक पर्ने उपाध्यायले बताए ।
राज्यले समलिंगी तेस्रोलिंगीलाई गर्दै आएको सहयोग बीचबीचमा अबरुद्ध हुने गरेको प्रति उनको गुनासो छ । सरकारले दिने सहयोग बीचमा अबरुद्ध हुँदा फेरि सुरुबाटै काम सुरु गर्ने अवस्था रहेको भन्दै उनले सेवा सुविधालाई निरन्तरता दिन आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.