समलिंगी तेस्रोलिंगीहरु नेपालमा पर्यटन प्रवद्र्धनको माध्याम बन्न सक्छन् : काका

समलिंगी तेस्रोलिंगीहरु नेपालमा पर्यटन प्रवद्र्धनको माध्याम बन्न सक्छन् : काका

काठमाडौं (पहिचान) असोज १९ – ट्रेकिङ एजेण्ट एसोशिएसन अफ नेपाल टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाल ‘काका’ले नेपालमा पर्यटन प्रवद्र्धनका लागि समलिंगी तेस्रोलिंगीहरु पनि माध्याम हुनसक्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा कोषाध्यक्ष ‘काका’ले समलिंगी व्यवहार भएका थुप्रै पर्यटकहरु पनि नेपाल आइरहेको भन्दै अहिले संविधानमा लेखिएको विषय थप आकर्षणको  कारण बन्न सक्ने बताए ।
‘यस अघिको टानको साधारणसभाले आपांगहरु पनि पर्यटन प्रवद्र्धनका माध्यम बन्नसक्ने कुरा लगेका थियौं’, काकाले भने, ‘अबको साधारणसभामा हामी समलिंगी तेस्रोलिंगी पनि पर्यटन प्रवद्र्धनको आधार हुन सक्छन् भन्ने कुरा लैजाने छौं ।’ उनले नेपालको संविधानले यौंनिक तथा लैंगिक अल्पसंख्यक भनेर समलिंगी तेस्रोलिंगीलाई समेटेपछि विश्वको ध्यानाकर्षण भएको भन्दै त्यसले नेपालमा समलिंगी तेस्रोलिंगीलाई सहज वातावण छ भनेर बुझ्न चाहनेहरु यहाँ आउनसक्ने बताए ।
‘मैले यस अघि नैं मेरै कम्पनिबाट पनि पाँच जना समलिंगी पर्यटकहरु परिचालित गरिसकेको छु’ कोषाध्यक्ष काकाले भने, ‘त्यसैले उनीहरुलाई नेपालमा आकर्षित गरेर देशले फाइदा लिन सक्छ ।’ काकाले केही समस्याहरु देखिएपनि त्यसलाई निराकरण गरेर जान सकिने बताए ।
‘समलिंगी व्यवहार भएका पर्यटकहरु कतिपय यौंन दुराचारका केसमा पनि परेकाले केही विवादहरु छन्,’ उनले भने, ‘तर त्यसलाई नै आधार मानेर नीतिगत कुरामा अल्झनु आवस्यक छैन ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.