तेस्रोलिंगीले अब गीत पनि गाउनु पर्छ : कमल खत्री

तेस्रोलिंगीले अब गीत पनि गाउनु पर्छ : कमल खत्री

काठमाडौं (पहिचान) असोज ३० – गायक कमल खत्रीले चेतनाको अभावमा समलिंगी तेस्रोलिंगीमाथी विभेद भइरहेको बताएका छन् । “चेतनाको कमीले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद भइरहेको छ,” पहिचान अनलाइनसँग गायक खत्रीले भने,“ ज्ञानको कमीका कारण समलिंगी तेस्रोलिंगीमाथी फरक नजरले हेर्ने गरेको जस्तो मलाई लाग्छ ।”
महिला र पुरुष मात्रै होइन समलिंगी तेस्रोलिंगी पनि हुन्छन् भन्ने सबैलाई जानकारी नभएसम्म विभेदको अवस्थाको अन्त्य नहुने उनको भनाइ छ ।
“समाजमा महिला र पुरुष मात्र छन् भनिन्छ, तर त्यती मात्र होइन हामी भन्दा फरक समलिंगी तेस्रोलिंगी पनि छन्,” खत्रीले भने, “सबै आआफ्नो तरिकारले बाँच्न पाउनु पर्छ । फरक भएकै कारण विभेदको शिकार बनाइनु हुँदैन । सबैलाई समान तरिकाले बाँच्न पाउने अधिकार संविधानले नै दिएको छ । संबैधानिक अधिकार उनीहरुले पनि उपभोग गर्न पाउनुपर्छ ।”
खत्रीले अझै पनि आम नागरिकमा समलिंगी तेस्रोलिंगीबारे स्पष्ट जानकारी नभएका कारण उनीहरुको प्रतिनिधित्व र विषयले सबै ठाउँमा प्रवेश नपाएको बताए । “समलिंगी तेस्रोलिंगीबारे सबैलाई ज्ञान भएपछि र उनीहरुका विषय समाजमा खुलेर उठ्न र उठाउन थालेपछि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयले हरेक ठाउँमा प्रवेश पाउछन् भन्ने मलाई लाग्छ,” गायक खत्रीले भने,“सबैलाई थाहा भएपछि गीतकारले पनि आफ्नो शब्दमा समलिंगी तेस्रोलिंगीलाई समेट्ला त्यसो भएपछि गायकले गाउँछ । यसका लागि सुरुमा त ज्ञान नै चाहियो ।”
उनले समलिंगी तेस्रोलिंगी आफैले पनि गीत गाउन सक्ने बताए । “मैलै म सहभागी भएका धेरै कार्यक्रममा तेस्रोलिंगीले एकदमै राम्रो डान्स गरेको देखेको छु । उहाँहरु महिला पुरुषले भन्दा राम्रो डान्स गर्नु हुन्छ,” खत्रीले भने, “त्यसैले तेस्रोलिंगीहरुले राम्रो गीत पनि गाउन सक्छन् भन्नेमा म विश्वस्त छु । त्यसैले उहाँहरुले गाउन पनि सुरु गर्नुपर्छ ।”
‘आत्मामा……।’, ‘टुक्रेको मुटु…..’, ‘रोइरहन्छु…..।’,‘तस्बिर….।’ जस्ता लोकप्रिय गीत गायक खत्रीका हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.