कलाकारितामा संलग्न हुन तेस्रोलिंगीलाई मुनालको सुझाव

कलाकारितामा संलग्न हुन तेस्रोलिंगीलाई मुनालको सुझाव

8.9k
SHARES

काठमाडौं (पहिचान) कार्तिक ४ – वान सट मुभी जालोका निर्माता तथा संगीतकर्मी मोहित मुनालले यौनिक तथा लैंगिक अल्पसंख्यकले कलाकारिताका क्षेत्रमा आफैले पहल गर्नु पर्ने बताएका छन् । कलाकारिताका माध्यबाट समाजमा चेतना फल्याउन सकिनेतर्फ जोड दिदै मुनालले रेडियो कार्यक्रम पहिचानसँग भने, “गीतसंगीत तथा चलचित्रका माध्यमबाट आफ्ना समस्या तथा मुद्दाहरु राखेको खण्डमा त्यसको सकारात्मक असर समाजमा तत्काल पर्छ, त्यसैले यसका लागि स्वयम समलिंगी तेस्रोलिंगीले नै पहलकदमी लिनुपर्छ ।”
समलिंगी तेस्रोलिंगी आफैले अग्रसर भएर कलाको क्षेत्रमा लाग्नु पर्नेमा जोड दिएका मुनालले यसो भएको खण्डमा उनीहरुलाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । “आफ्ना लागि आफैले गर्ने हो । कसले मेरा लागि गरिदिन्छ भन्दा पनि आफैले गर्नुपर्छ,” उनले भने, “मैले यस्तो काम गर्दैछु सहयोग गर्नुपर्यो भन्दा सबैले सहयोग गर्छ ।”
आफूले दशकअघिबाट सांगीतिक क्षेत्रमा काम गरे पनि अहिलेसम्म कुनै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य आफ्नोमा नआएको बताए ।
विगतको तुलनामा अहिले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको भन्दै उनले निटक भविश्यमा सबै नागरिक समान हुन भन्ने धारणा विकास हुने विश्वास व्यक्त गरे । महिला पुरुष सरह सबै नागरिक समान रहेको भन्दै चलचित्र निर्माता तथा संगीतकर्मी मुनालले कानुनका नजरमा सबै नागरिक समान हुने बताए । फरक पहिचानकै कारण समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुने उनको भनाइ छ ।
समाजले अझै पनि समलिंगी तेस्रोलिंगीबारे बुझिनसकेकाले विभेद भइरहेको भन्दै आफ्नो बारे समाजमा यथार्थ बुझाउन समेत उनले समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.