तेस्रोलिंगी भगवानको प्रतिरुप हो : रामबाबु गुरुङ

तेस्रोलिंगी भगवानको प्रतिरुप हो : रामबाबु गुरुङ

582
SHARES

काठमाडौं (पहिचान) कार्तिक ८ – चलचित्र निर्देशक रामबाबु गुरुङले समलिंगी हुन आफैमा अपराधी नभएको बताएका छन् । तेस्रोलिंगी भगवानको प्रतिरुप भएको उनको भनाइ छ । “अझै पनि हाम्रो गाउँतिर बजुहरुले त तेस्रोलिंगीलाई देख्नु भयो भने रोकेर ढोग्नु हुन्छ,” गुरुङले भने,“भगवानको पालादेखिको यो समुदायलाई सबैले सम्मान गर्नु पर्छ अवहेलना होेइन ।”
समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा जोड दिदै उनले भने, “समलिंगी विवाहलाई मान्यता दिनु नपर्ने म कुनै कारण देख्दिन । व्यक्तिको इच्छा हो को सँग बस्ने भन्ने त्यसैले समलिंगी सम्बन्धलाई मान्यता दिनु पर्छ ।”
अझै पनि कतिपय नेपाली सिनेमामा समलिंगी तेस्रोलिंगीलाई कमेडिको रुपमा प्रस्तुत गरिनु दुःखद भएको उनको भनाइ छ । “कतिपय चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई कमेडि हासोको पात्रका रुपमा प्रस्तुत गरिएको देखिन्छ । त्यो राम्रो होइन । सबै व्यक्ति समान हुन् । सबैको आत्सम्मान हुन्छ । यसतर्फ सबैले ध्यान दिनु पर्छ,” निर्देशक गुरुङले भने सायद समाजमा जे देखिन्छ त्यही जस्ताको तस्तै निर्माता निर्देशकले चलचित्रमा प्रस्तुत गरेको हुनुपर्छ । वास्तविक कारण के हो यसतर्फ पनि ध्यान दिन सके यस्तो हुने थिएन ।”
आफूले कहिले पनि नकारात्मक रुपमा समलिंगी तेस्रोलिंगीलाई सिनेमामा प्रस्तुत नगरेको भन्दै उनले आफ्ना आगामी चलचित्रमा पनि त्यस्तो नहुने प्रतिबद्धता जनाए ।
के तपाईका आगामी चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई सकारात्मक रुपमा प्रस्तुत गरिएको समलिंगी तेस्रोलिंगीले देख्न पाउने छन् ? भन्ने पहिचान अनलाइनको जिज्ञासामा उनले भने, “कथा बस्तु कस्तो हुन्छ, कथाले समलिंगी तेस्रोलिंगीलाई समेट्छ कि समेट्दैन भन्ने मुख्य कुरा हो । यो विषयलाई समावेश गर्न अध्ययन पनि गर्नुपर्छ यसबारे । मेरा आगामी चलचित्रमा यो विषय देख्न सकिन्छ भनेर म अहिले त भन्न सक्तिन तर, यो चाँही भन्न सक्छु मेरा चलचित्रले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटेको खण्डमा सकारात्मक रुपमा प्रस्तुत गर्छु ।”

समाचार शेयर गर्नुहोस्
582
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.