निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अन्तरलिंगी सचेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो

अन्तरलिंगी सचेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो

680
SHARES

काठमाडौं (पचिहान) कार्तिक १० – आज अन्तरलिंगी सचेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले अन्तराष्ट्रिय इन्टरसेक्स डे मनाएको छ ।
लाखौंमा एक जना जन्मिने अन्तरलिंगी नेपालमा रहेका छन् । उनीहरुको अधिकारका लागि नील हिरा समाजले काम गर्दै आएको छ । यो समुदायको अधिकार र स्वास्थ्यका बारेमा विश्वमै पहिलोपटक सन् २०१५ मा संयुक्त राष्ट्रसंघले आवाज उठाउन थालेको हो । त्यस यता अन्तरलिंगीको अधिकारको अवाज विश्वभर नै उठ्न थालेको छ ।
यस्ता व्यक्ति लाखौंमा एक जना जन्मिने गरेको राष्ट्रसंघले बताउँदै आएको छ । तर, अहिलेसम्म यो समुदायको तथ्यांक कति छ भन्नेबारे यकिन आंकडा कोही सँग पनि छैन ।
“अन्तरलिंगीको अधिकारका लागि राज्यले अफ पहलकदमी लिनु पर्छ । अरु समुदायलाई भन्दा विशेषाधिकार दिनुपर्छ,”नील हिरा समाजका उपनिर्देशक परशुराम राईले भने,“शारीरिक रुपमा पनि उनीहरु फरक हुने भएकाले अब उनीहरुलाई राज्यले अन्तरलिंगीको स्वास्थ्यमा बजेट विनियोजन गर्नुपर्छ ।”
अन्तरलिंगी इशान रेग्मीले अन्तरलिंगी जन्मिदै देखि भिवेदको शिकार हुने गरेकाले उनीहरु अन्य नागरिक सरह मानवअधिकार उपभोग गर्नबाट समेत बञ्चित भइरहेको बताए । उनले भने, “जन्मिदै यो प्रक्रितिका व्यक्तिको पहिचान हुने भएकाले उनीहरुलाई समाजले नकारात्मक रुपमा हेर्छ । त्यसैले बाबु आमाले बच्चैमा छोरो या छोरी बनाउन चिकित्सा विज्ञानको सहयोग लिन्छन् तर, पछि उसमा छोरा बनाउन खोजिएको छ भने महिलाको स्वाभाव र शरीर विकास हुने र छोरी बनाउन खोजिएको छ भने छोराको जस्तो आनी बानी र शरीर विकास हुन पनि सक्छ । यस्तो धेरै भएको छ नेपालमा पनि । त्यसको प्रत्यक्ष उदाहरण म आफैं हुँ । म जस्त कति साथीले हात्महत्या समेत गरेका छन् । यो अवस्थाको अन्त्य गर्न अब राज्य तथा सम्बन्धित संघसंस्थाले तत्काल कदम चाल्नु पर्ने देखिन्छ ।”
नेपालमा पनि यो समुदायको यकित संख्या पहिचान हुन सकेको छैन । तर, नील हिरा समाजले तीन दर्जनभन्दा बढी आफ्नो सम्पर्कमा आएको बताएको छ । विश्वभरी अन्तरलिंगीको अधिकारका क्षेत्रमा काम गर्ने संस्था ३० वटा भन्दा बढी छन् । नेपालमा भने नील हिरा समाज मात्रै हो ।
उपकार्यकारी निर्देशक राईले बिस्तारै अन्तरलिंगीको अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्न दातृ निकायले सहयोग गर्न चासो देखाउन थालेको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
680
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.