सर्लाहीमा तेस्रोलिंगी गुबेलाई अन्य उल्लेख भएको नागरिकता

सर्लाहीमा तेस्रोलिंगी गुबेलाई अन्य उल्लेख भएको नागरिकता

सर्लाही (पहिचान) कार्तिक १०- जिल्ला प्रशासन कार्यालय सर्लाहीले लिंगको महल अन्य उल्लेख गरेर नागरिकता वितरण गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिन गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार सर्लाहीमा अन्य उल्लेख भएको नागरिकता वितरण भएको हो ।

nagarikta-1सर्लाहीबाट पहिलो पटक तेस्रोलिंगी गुबे गोलेले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता पाएका छन् । नील हिरा समाजको शाखा कार्यालय सर्लाहीका जिल्ला परियोजना संयोजक अव्दुल सहमदले जिल्लामा पहिलो पटक अन्य उल्लेख भएको नागरिकता लिने तेस्रोलिंगी गुबेलाई घरमै पुगेर धन्यवाद दिएका छन् । गुबेले अन्य उल्लेख भएको नागरिकता लिएपछि अरु साथीहरुमा पनि उत्साह जागेको छ सहमदले पहिचान अनलाइनसँग भने तराई भेगमा अन्य उल्लेख भएको नागरिकता पाउनु ठूलो उपलव्धी हो ।

उनले अहिले खुलेर आउने समूदायको सदस्यको संख्या बढेको समेत जानकारी दिए । गुबे पुरुष भएर जन्मे पनि अहिले उनी पूरै महिलाको हाउभाउ र गेटअपमा छन् । घरमा छुट्टै पहिचान पाएका गुबेको टोल छिमेकमा समेत राम्रो सम्बन्ध भएको आफूले पाएको सहमदले वताए । सर्लाहीबाट पहिलो पटक अन्य उल्लेख भएको नागरिकता लिएका तेस्रोलिंगी गुबेले पहिचान अनुसारको नागरिकता पाउदाँ धेरै खुशी लागेको वताए । केही जिल्ला बाहेक धेरै जिल्ला प्रशासन कार्यालयहरुले समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख भएको नागरिकता दिइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.