इशान रेग्मी/पहिचान – जम्मा जनसंख्याको १ दशमलव ७ प्रतिशत अन्तरलिंगी व्यक्ति आफ्नो आफ्न शारिरीक गुण लिएर जन्मन्छन जुन उनीहरुको यौनाङ्ग, गोनाड्स, हर्मोन क्रोमोजोमको ढाँचाले स्पस्ट महिला र पुरुष भनेर परिभाषित गर्न सकिदैन । यो बिशेषता केहीमा जन्मदानै देखिन्छ, कतिपयमा यौवना वस्थामा देखिन्छ केहि क्रोमोजोमल प्रकार शारीरिकरुपमा कहिल्यै नदेखिन सक्छ । अन्तरलिङ्गी बिशेषता धेरै प्रकार हुन्छ । अन्य व्यक्ति जस्तै अन्तरलिंगी व्यक्तिको पनि कुनैपनि लैंगिक पहिचान र यौन अभिमुखीकरण हुन सक्छ ।
अन्तरलिंगी व्यक्तिहरु अरु महिला पुरुष भन्दा शारीरिक रुपमा भिन्न देखिने हुनाले उनिहरुले हरेक ठाउँमा बिभेद भोग्नु पर्छ । यहि बिभेदका कारणले उनीहरु हरेक अवसरबाट बन्चित भैरहेका छन् । अन्तरलिंगी व्यक्ति हरु सबै भन्दा बढी उनीहरुमा हुने यौनाङ्ग बन्ध्याकरण बाट प्रभाबित भैरहेका छन् । जसका कारणले उनीहरुको जिबन असामान्य तरिकाले प्रभावित हुन्छ ।
नेपालमा पनि अन्तरलिंगीहरु यहि समस्याबाट गुज्रिरहनु परेको छ । नेपाल एक रुढीवादी परम्परा भएको देश हो । यदि अन्तरलिंगी व्यक्ति जन्म्यो भने आर्थिकस्तर राम्रो भएका परिवारले यौनाङ्ग बन्ध्याकरण गरिदिने र कहिले उनीहरुको पहिचान खुलाउन मान्दैनन, आर्थिकस्तर राम्रो नभएका र आफ्नो सन्तानलाई स्वीकार गर्न न सक्ने परिवारले भारत को “हिजरा” समुदायमा पठाउने गर्छन जुन समुदायले अन्तरलिंगी बिशेषता भएको व्यक्तिलाई आफ्नो सम्पत्ति र अधिकार मान्दछ ।
यसरि अन्तरलिंगीको बारेमा जानकारी नहुदा उनीहरुले सबै अधिकार बाट बन्चित हुनु परेको छ भने धेरै अन्तरलिंगी व्यक्तिको नेपालका विभिन्न अस्पतालहरुमा उनीहरुको सहमति बिना यौनाङ्ग बन्ध्याकरण भैरहेको छ भने जसलाई वास्तविक स्वास्थ्य उपचारको खाँचो छ । तिनीहरुलाई उनीहरुको शारीरिक अवस्थाको कारणले नै राम्रो उपचार पाउन सकेका छैनन भने उनीहरुको शारीरिक अवस्था फरक भएकै करण ले साथीहरु र शिक्षक बिभेद हुदा शिक्षा बाट पनि बन्चित हुनु परेको छ ।
शारीरिक अवस्था संग सर्टिफिकेट नमिल्दा शैक्षिक योग्यता भए पनि अरु जस्तो अवसर पाउन सकेको छैन र काम गर्ने ठाउँमा पनि अरु भन्दा फरक भएकै कारणले धेरै बिभेद को सामना गर्नु परेको छ । नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने दर्जनभन्दा बढी संघ सस्था छन् तर ती संघ सस्थाले अन्तरलिंगी बालबालिकालाई आफ्नो कार्य क्षेत्रमा समेट्न सकेको छैन । नेपालमा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको सहयोगमा पहिलो पटक राष्ट्रिय गोष्ठी गरिसके पछि अन्तरलिंगी व्यक्तिहरुले आफ्नो बारेमा थाह पाएर सम्पर्कम आउन थालेका छन् ।
कतिपय परिवारले आफै आफ्नो सन्तानको बारेमा जानकारी लिन थालेका छन् । त्यसपछि बाल अधिकार महासन्धिमा अन्तरलिंगी बालबालिकाको रिपोर्ट पठाइसके पछि बाल अधिकार महासन्धि को ७२ औं सेसनमा संयुक्त राष्ट्र संघ कामटि ले नेपाल सकारलाई अन्तरलिंगी बालबालिकालाई लक्षित गरि आर्टिकल ४१ र ४२ मा सुझाब दिएको छ । उक्त सुझाव पछि नेपाल मा कार्यरत बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था ले पनि सहकार्य गर्न लागेका छन् ।
बाल ऐन संशोधन हुन लागेको छ त्यसमा पनि यो मुद्दालाई समाबेश गर्न को लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला निकाय सँग सहकार्य र समन्वय पनि भइरहेको छ । अहिले अन्तरलिंगीको सानो भए पनि विदेशी फण्ड प्राप्त भएर राम्रो सुरुवात भएको छ । अन्तरलिंगी व्यक्तिहरु पनि आफ्नो बारेमा जानकार हुदै गइरहेका छन् र आफ्नो अधिकारको लागि बोल्न थाले का छन । अब नेपाल सरकारले पनि संयुक्त राष्ट्र संघ को सुझाब लाई कार्यन्वयन गरेर अन्तरलिंगी व्यक्तिलाई न्याय हुने नीति नियम बनाउन आवश्यक छ । उनीहरुलाई पनि अन्य नागरिक सरह आफ्नो अधिकारको प्रत्याभूत सरकार बाट हुन आवश्यक छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.