निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सबैका लागि ‘कमन ग्राउण्ड’ बन्यो फुटबल क्लिनिक

सबैका लागि ‘कमन ग्राउण्ड’ बन्यो फुटबल क्लिनिक

628
SHARES

विनोद विसी/रुपन्देही (पहिचान) कार्तिक ११ – भैरहवामा युवा र प्रहरीको सहभागीतामा फुटबल क्लिनिक ‘हाम्रो टिम मैदानमा’ आयोजना भएको छ । कदम नेपालको आयोजना तथा सर्च फर कमन ग्राउण्डको सहयोगमा सोमबारबाट सुरु भएको कार्यक्रम ३ दिन संचालना भयो ।
नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढीकरणका लागि कार्यक्रमको आयोजना गरिएको कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले जानकारी दिईन् । कार्यक्रममा मुस्लिम, दलित, मधेशी, थारु, अपाङ्ग, तेस्रोलिंगी, महिला, खेलाडी, विद्यार्थी नेता, युवा क्लव, पत्रकार गरी ६० जना तथा २० जना प्रहरी गरी ८० जनाको सहभागीता रह्यो ।
कार्यक्रममा नागरिक प्रहरीबीच सहकार्य, समन्वय र सहयोग कसरी बढाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण, फुटबल प्रतियोगिता लगायतका कार्यक्रम भए । सीमान्तकृत वर्ग र महिलाको न्यायमा सहज पहुँच अभिवृद्धि गर्नका लागी फुटबल क्लिनिक फलदायी बनेको सर्च फर कमन ग्राउण्डका पश्चिमाञ्चल संयोजक जीवन्त वाग्लेले बताए । वाग्लेले यो कार्यक्रममा समलिंगी तेस्रोलिंगीहरुलाई समाजमा अरु सरह खुलेर स्थापित हुन र उनीहरुको अधिकारमा आवाज उठाउन प्रहरीहरुलाई सहज होस भन्ने हेतुले पनि संचालन गरिएको बताए ।
यस्तै नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले कदम नेपालले मात्र नभएर स्थानीय तथा केन्द्रीय सरकारी तथा गैरसरकारी संघ संस्थाका हरेक क्रियाकलापमा फूटबल क्लिनिकमा जस्तै समालिंगी तेस्रोलिंगीहरुको सहभागीता हुनुपर्ने बताए । संयोजक न्यौपानेले समलिंगी तेस्रलिंगीहरु पनि यहि देशका नागरिक भएको भन्दै समुदायको सुरक्षालाई प्रहरी प्रशासनले गम्भीर रुपले लिनुपर्ने पनि उनले बताइन् । यो कार्यक्रम रुपन्देही सहित दाङ्ग, नवलपरासी लगायतका जिल्लामा पनि आयोजना गरिएको पश्चिमाञ्चल संयोजक वाग्लेले बताए ।

समाचार शेयर गर्नुहोस्
628
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.