एचआइभी नियण्त्रणका लागि भेटेपछि नछोड्ने, नयाँ पद्धती अनुसार कार्यक्रम सुरु

एचआइभी नियण्त्रणका लागि भेटेपछि नछोड्ने, नयाँ पद्धती अनुसार कार्यक्रम सुरु

अम्बिका दाहाल/ललितपुर (पहिचान) कार्तिक ११ – परिचय समाजले नयाँ पद्धती अनुसार समलिंगी तेस्रोलिंगी समूहमा एचआइभी रोकथाम, हेरचाह र उपचार सेवाको कार्यक्रम सुरु गरेको छ । नील हिरा समाजको शाखा कार्यालय परिचय समाज ललितपुरले एचआइभी न्यूनिकरणका लागि नयाँ पद्धती अनुसार कार्यक्रम सुरु गरेको हो ।

नयाँ पद्धती अनुसार संचालन गरिएको कार्यक्रमबारे सरकारी निकाय, सरोकारवाला संघ संस्थालाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जनकुमार बैद्यले एचआइभीलाई शुन्यमा झार्न नयाँ पद्धती अनुसार सफल हुने विश्वास व्यक्त गरे । अब हामी भेटे पछि छाड्दैनौ बैद्यले भने, एचआइभी परीक्षणमा आएका सबैलाई अन्तिम समय सम्म पनि निरन्तर फलोअप गरिरहन्छौ । उनले फिल्डमा गएर भेटेकालाई क्लिनिकसम्म ल्याउने र एचआइभी टेष्ट गराउने वताए ।

नेपाल सरकारले एच आइ भि न्युनिकरणमा नया नीति तथा पद्धती लागु गरेपछि यसै अन्तर्गत एच आइ भि को क्षेत्रमा राष्ट्रिय स्वास्थ्य रणनीति बनाइएको हो । सरकारको नीति अनुरुप देशका सम्पुर्ण एच आइ भि को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले पनि एच आइ भि न्युनीकरणका लागि फास्ट ट्रयाक सिस्टम ९०–९०–९० लाई आधार मानी कार्यक्रम गर्नेछन ।

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जनस्वास्थ्य प्रसासक झलक सर्मा पौडेलले एचआइभी भुसको आगो जस्तै सल्किरहेको वताए । एचआइभी नियन्त्रण गर्न आबश्यक रहेको बताउदै पौडेलले कोही एचआइभी संक्रमित भएमा त्यसलाई शक्तिमा बदल्नुपर्ने वताए । इक्वयल र इक्युटीमा बढी ध्यान दिन आबश्यक रहेको बताउदै उनले महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा भेदभाव नगर्ने बानी आफुबाटै सुरु गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.