निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालमा समलिंगी विवाह नयाँ परम्पराको रुपमा विकास हुन सक्छ : मोहन बराल

नेपालमा समलिंगी विवाह नयाँ परम्पराको रुपमा विकास हुन सक्छ : मोहन बराल

609
SHARES

काठमाडौं (पहिचान) कार्तिक १२ – संसद्को कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले मानिसहरुले स्वतन्त्रताका लागि लड्नुपरेन भने मात्र विकास निर्माणका काममा उसको ध्यान केन्द्रीत हुने बताएका छन् । पहिचानसँगको कुराकानीमा सभापति बरालले नेपालमा पनि युवा पलायनको अवस्था डरलाग्दो रुपमा बढेको भन्दै त्यसर्ला युवाहरुलाई स्वतन्त्रता सहितको काम गर्ने मौका दिएर रोक्न सकिने बताए ।
‘आज समलिंगी तेस्रोलिंगीहरु विवाहको अधिकार माग गरिरहेका छन् नेपालको संविधान र कानुनले स्वतन्त्रताको उपभोग गर्दा अरुको स्वतन्त्रतामा असर पर्नु नहुने व्यवस्था गरेको छ’ सभापति बरालले भने, ‘दुइ पुरुष वा महिलाले एकआपसमा मञ्जुर भएर विवाह गर्छन भने त्यसलाई कानुनले प्रतिबन्ध लगाएकै छैन ।’ उनले नेपालको संविधानले समेत यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरिसकेकाले उनीहरुलाई अन्य युवा सरह स्वतन्त्रताको हक उपयोग गर्न कसैले रोक्न नसक्ने बताए ।
उनले संसदमा देवानी र फौजदारी संहिताका विषयमा भइरहेको बहस स्वभाविक भएको बताए । संसदमा विचारधिन देवानी संहितामा समलिंगी विवाहलाई मान्यता दिन नहुने र हुने भन्दै बहस भइरहेको छ । ‘परम्परा र विकासका बीच सधै बहस हुन्छ नै त्यसलाई स्वभाविक रुपमा लिन सक्नुपर्छ’ बरालले भने, ‘सबै परम्पराहरु साश्वत सत्य हुन् तर ति परम्पराले नयाँ प्रयोग गर्न रोक लगाउदैनन् ।’ उनले अरुलाई असर नगर्ने गरी नयाँ परम्परा विकास गर्न सकिने भन्दै समलिंगी विवाह समाजमा नयाँ प्रयोग र नयाँ परम्परा हुन सक्ने बताए ।
बरालले देश भ्रष्टाचार र बेथितिको दलदलमा फसिरहेको भन्दै त्यसबाट बाहिर निस्कन पनि युवाहरुको हस्तक्षेपकारी भूमिका आवस्यक हुने बताए । ‘अहिले युवा पुस्तामा राजनीति फोहोरी खेल भन्दै त्यसबाट आफूलाई टाढा राख्ने काम भइरहेको छ’ उनले भने, ‘देशलाई भ्रष्टाचार र वेथितिबाट बाहिर निकाल्न युवाहरु हस्ताक्षेपकारी भूमिका निर्वाह गर्नेगरी राजनीतिमा आउन आवस्यक छ । उनले युवाहरु राजनीतिमा आए समावेसिताको अभ्यास देखि नयाँ परम्पराको निर्माणमा पनि सहज हुने बताए ।

समाचार शेयर गर्नुहोस्
609
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.