समलिंगी विवाहलाई मान्यता दिउँ : सचिव नविन पन्त

समलिंगी विवाहलाई मान्यता दिउँ : सचिव नविन पन्त

656
SHARES

काठमाडौं (पहिचान) कात्तिक १४ – गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाका सचिव नविन पन्तले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने बताएका छन् । आफ्नो फरक चाहनालाई कुष्ठित गरेर राख्दा त्यसले अर्को विकृति जन्माउने पन्तको भनाइ छ ।
“हरेक व्यक्ति आफैमा फरक हुन्छ, उसको आफ्नै चहाना हुन्छ, यसलाई सम्मान गर्नुपर्छ समाजलाई समावेशी बनाउदै समान व्याहार गर्नुपर्छ,” पन्तले भने,“सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, अरुको चहनालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ तर, यसका लागि चेतनाको स्तर भने माथि उठ्नु पर्छ ।”
उनले समलिंगी तेस्रोलिंगीलाई आफूले नजिकबाट चिनेको र नील हिरा समाजले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भएको समेत बताए । “म सबैको अस्तित्वलाई स्वीकारर्दै सम्मान गर्ने मान्छे । सबैले समान अधिकार पाउनुपर्छ भन्ने व्यक्ति हुँ । अष्ट्रेलियाको संसद्मा अहिले समलिंगी विवाहको मान्यताका विषयलाई लिएर चर्को वहश भइहरको छ । यसलाई यहाँ पनि मान्यता दिनुपर्छ,” उनले भने, “यौन कुण्ठा लुकाउन खोज्दा त्यसले बिकृत रुप धारण गर्न खोज्छ र त्यो कुण्ठाले र विद्रोह र अपराध पनि जन्माउन सक्छ । त्यसैले पनि समलिंगी विवाहलाई मान्यता दिनुपर्छ ।”
व्यक्तिगत इच्छालाई मार्नु पर्ने अवस्था आउन दिनु नहुने भन्दै सचिव पन्तले भने,“एउटै परिवारमा जन्मिएका छोरा र छोरीलाई फरह व्यवहार र समलिंगी तेस्रोलिंगीलाई फरक व्यवाहार गर्ने हो भने त्यो चुनौतिलाई सामना गर्ने क्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्ति फ्रस्टेड र डिप्रेसनमा जान पनि सक्छ, यसको जवाफदेही को हुन्छ ?,अहिले ग्लोबल्ली उठेको यो मुद्दालाई हामीले पनि स्वीकार गर्नुको विकल्प छैन । यो आजको आवश्यकता हो ।”
धार्मिक कालखण्ड देखि नै अस्तित्वमा रहेको र स्वीकार गरिएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अहिले भने आएर विभेदको शिकार बनाइएको भन्दै पन्तले भने, “मन्दिरका टुँडालमा हेर्ने हो भने यौन क्रिडा गरेका दृश्य देखिन्छ । तर आज हामी यसैका विषयमा कुरा गर्न लजाउछौं । समलिंगी सम्बन्धलाई मान्यता दिन अब धक मान्नु पर्ने अवस्था छैन ।”

समाचार शेयर गर्नुहोस्
656
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.