सुशासन सम्वन्धी तालिम लिदै यौनिक अल्पसंख्यक

सुशासन सम्वन्धी तालिम लिदै यौनिक अल्पसंख्यक

काठमाडौं (पहिचान) कार्तिक १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले सुशासन सम्वन्धी अवधारणागत स्पष्टता र संस्थागत सुशासन तालिम लिइरहेका छन् । नील हिरा समाजको दिवा परियोजनाले देशका विभिन्न ठाउँमा रहेका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीलाई काठमाडौंमा बोलाएर तालिम दिइरहेको छ ।

talimआजदेखि सुरु भएको तालिममा लोकतन्त्र, सुशासनको अवधारणा र परिभाष, सुशासनका आवश्यक तत्वहरु, सिद्धान्तहरुबारे जानकारी दिइएको प्रशिक्षक मानवअधिकारकर्मी विष्णु खत्रीले जानकारी दिए । तीन दिनसम्म चल्ने तालिमको पहिलो दिन आज सुशासन प्रवर्धनसँग सम्वन्धित राज्यका नीति, नियम, कानुनहरु, सुशासनसँग सम्वन्धित राज्यका निकायहरु, संस्थागत सुशासनसँग सम्वन्धित निकायहरुकाबारे जानकारी दिइएको छ ।

यस्तै मानवअधिकार, लैंगिक समानता र सामाजिक समावेशीकरण, अधिकारमा आधारित पद्धती, गरीवी, मानवअधिकार र सुशासन, राज्य, बजार र नागरिक समाजमा सुशासन, सामाजिक संस्था र उनीहरुको सुशासन सम्वन्धी अवधारणा, नेतृत्व लोकतान्त्रिक नेतृत्व, सामुदायिक सहभागिता, लक्षित वर्गको अर्थपूर्ण सहभागिताको बिषयमा पनि समलिंगी तेस्रोलिंगी आधारभूत जानकारी गराइएको प्रशिक्षक खत्रीले जानकारी दिए ।

भोली र पर्सी सामाजिक संस्थाहरु र नागरिक समाजको मुख्य जिम्मेवारी, संस्थागत सुशासन अभिवृद्धिका लागि केही प्रमुख विधीहरु लगायत संस्थागत सुशासन विकासका लागि कार्ययोजनाबारे जानकारी दिएपछि तालिम सकिनेछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.