सक्षम भएर समाजमा स्थापित हुनुपर्छ : खतिवडा

सक्षम भएर समाजमा स्थापित हुनुपर्छ : खतिवडा

काठमाडौं (पहिचान) कार्तिक २१ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले दातृ संस्थाको सहयोग आउन छाडेपनि संस्था र अभियान बचाइराख्न आग्रह गरेको छ । महासंघको १० औ साधारणसभामा अध्यक्ष मनिषा ढकालले दातृ निकायले सहयोग नगरेपनि संस्था बचाउन र अभियान जारी राख्न आग्रह गरिन् ।

अब देश संmanishaघिय ढाँचामा जान्छ, हाम्रा कार्यक्रम त्यही अनुसार संचालन गर्नुपर्छ ढकालले भनिन्, राज्य, राज्यमा वकालत गर्ने गरी नयाँ रणनीतिक उपाय बनाउनु पर्छ । उनले स्थानीय तहबाट पनि सहयोग ल्याउने गरी आफ्नो क्षमता बढाउन सुझाव समेत दिइन । सुशासन सम्वन्धी तीन दिने तालिमले क्षमता अभिबृद्धि भएको हुनुपर्छ उनले भनिन्, एकतावद्ध भएर काम गरेमा त्यो बलियो हुन्छ, संयुक्त आवाज अगाडि बढाउन जरुरी छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालमा नील हिरा समाज सहित देशभरका ५२ वटा संस्था आवद्ध छन् । ढकालले महासंघमा आवद्ध संस्थाहरु सरकार प्रति उत्तरदायी, जिम्मेवार हुनु पर्ने र आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने वताइन ।

महासंघको बार्षिक साधारण सभामा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अधिकारको अभियानमा दत्तचित्त भएर लाग्न सुझाव दिइन । अधिकारको अभियानमा दत्तचित्त भएर लाग्नुहुनेछ र परियोजनालाई पनि अगाडि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छ अध्यक्ष गुरुङले भनिन, साधारण सभाका लागि ऋण लिनुपर्ने अबस्थाको अन्त्य होस् । उनले साधारण सभामा परियोजना प्रमूखहरुको अनिवार्य उपस्थिति हुनुपर्ने समेत वताइन ।

pinkyजिल्ला विकास समिति काठमाडौंकी प्रतिनिधि शैलजा खतिवडाले सक्षम भएर समाजमा स्थापित हुन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सुझाव दिइन । अहिलेसम्मको काम राम्रो छ, आर्थिक उपार्जन गरेर समाजमा स्थापित हुनुपर्छ खतिवडाले भनिन् माथिल्लो तहमा परिवर्तन ल्याउन आफु पनि सक्षम हुँदै जानु पर्छ । उनले कागजी रुपमा स्ट्रङ हुन समेत सुझाव दिइन ।

महासंघकी कार्यक्रम संयोजक गौरी नेपालीले वितेको बर्ष दुई वटा परियोजना संचालन भएकोमा शत प्रतिशत उपलव्धी हासिल गर्न सफल भएको जानकारी दिइन । महासंघमा कार्यक्रम थोरै भएको वताउँदै नेपालीले थप कार्यक्रमका लागि पहल भइरहेको जानकारी दिइन । महासंघका वित्त अधिकृत कैलाश अधिकारीले महासंघको बार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.