निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘सृष्टि गलत होइन, दृष्टि गलत हो’

‘सृष्टि गलत होइन, दृष्टि गलत हो’

767
SHARES

काठमाडौं (पहिचान) कार्तिक २२ – हास्य कलाकार मधुसुदन पाठकले समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा जोड दिएका छन् । दुई व्यक्ति एक आपसमा बस्न चाहन्छन् भने उनीहरुलाई त्यसमा स्वतन्त्रता दिनु पर्ने उनको भनाइ छ ।
समलिंगी हुनुमा आफैमा उनीहरुको दोष नभएको भन्दै पाठकले भने, “कोही १२ वटा औंला भएको मान्छे जन्मिएला, कोही तीन वटा हात भएको मान्छे जन्मिएला, त्यो प्रकृतिको सिर्जना हो भनेर बुझ्नु पर्छ, खुला हृदयले आत्मसात गर्नुपर्छ ।”
कोही व्यक्ति समलिंगी वा तेस्रोलिंगी हुँदैमा फरक नजरले हेर्नु परिवेशको कारण भन्दै उनले भने, “समाज चेतनशील नभएसम्म यस्तो भइरहन्छ, आशा गरौं यस्तो विभेदपूर्ण हेराई चाँडै हटेर जानेछ ।”
अधिकांश व्यक्तिले सार्वजनिक मञ्चमा सबै व्यक्ति समान हुन् भनेर भने पनि व्यवाहारमा भने लागु नगरेको भन्दै उनले सबै व्यक्ति मानव नै रहेको र छोइ छुतो जस्तो व्यवहार गर्नु पर्ने कारण नरहेको बताए ।

समाचार शेयर गर्नुहोस्
767
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.