नीति परिवर्तन भयो, समाज परिवर्तन भएन : कार्यकारी निर्देशक ढकाल

नीति परिवर्तन भयो, समाज परिवर्तन भएन : कार्यकारी निर्देशक ढकाल

काठमाडौं (पहिचान) कार्तिक २३ – जिल्ला विकास समिति काठमाडौंले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई स्थानीय बजेटका लागि पहुँच बढाउन सुझाव दिएको छ । स्थानीय निकायबाट विनियोजन हुने बजेट लिका लागि समूदायले पहुँच बढाउनु पर्ने काठमाडौंका स्थानीय विकास अधिकारी गोकुल प्रसाद अधिकारीले सुझाव दिएका हुन् । नील हिरा समाजले बर्षभरी गरेका कामको समिक्षाबारे जिविसलाई गराएको जानकारीपछि अधिकारीले समूदाय लक्षित कार्यक्रम राम्रो भएको पाइएको वताउँदै स्थानीय बजेट लिनका लागि पहुँच बढाउनु पर्ने सुझाव दिएका हुन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा संचालन भएका कार्यक्रम राम्रा छन्, यसलाई अझै प्रभावकारी बनाउनु होस् उनले भने, क्षमता वृद्धि गरेर स्थानीय तहबाट पनि सहयोग लिन सक्नुपर्छ । बर्षभरीका कामको समिक्षा विवरण प्रस्तुत गर्दै समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समूदायका लागि बजेट छट्ट्याउन जिविसलाई आग्रह गरिन् । ढकालले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समूदायको मुद्धा राष्ट्रिय देखि अन्तराष्ट्रिय करण भएको वताउँदै संविधानमा पहिलो सम्बोधन भएको आफ्नो समूदायका लागि जिविस काठमाडौंले बजेट विनियोजन गरिदिनु पर्ने माग गरिन् । अहिले समूदायका सदस्य खुलेर आउन थालेका छन् उनले भनिन्, बोल्न सक्ने क्षमतामा समेत बृद्धि भएको छ ।bds-ldo

उनले नील हिरा समाजले समलिंगी तेस्रोलिंगी मात्रै नभएर अन्तरलिंगीको अधिकारका लागि निरन्तर वकालत गर्दै आएको जानकारी दिइन । कार्यकारी निर्देशक ढकालले नीति परिवर्तन भए पनि समाज परिवर्तन नभएको गुनासो गरिन । नीति परिवर्तन भयो, समाज परिवर्तन भएन ढकालले भनिन्, के हामी जस्ता व्यक्तिको विवाह गर्ने अधिकार छैन ? समूदायका सदस्य माथि हुने मानवअधिकार हननका घटनाको अभिलेखिकरण भइरहेको उनको भनाई छ । हरेक क्षेत्रमा संघर्ष गरिरहनु परेको छ ढकालले भनिन्, संघर्षकैबीचमा पनि केही महत्वपूर्ण उपलव्धी हासिल भएका छन् यो खुशीको कुरा हो ।

उनले समूदायका अधिकारसँगै आफूहरु सामाजिक सेवामा लागिरहेको वताइन । उनले ग्रिन काठमाडौं क्लिन काठमाडौं, बागमती सफाई अभियानमा सहभागितासँगै भुकम्पबाट क्षती पुगेको काभ्रेको भिमेश्वर विद्यालयलाई आर्थिक सहयोग गरेको जानकारी दिइन । पछिल्लो समय समूदायका सदस्यको राजनीतिक आवद्धता पनि बढेको कार्यकारी निर्देशक ढकालको भनाई छ ।

समिक्षा बैठकमा जिल्ला विकास समिति काठमाडौंका बरिष्ठ सामाजिक विकास अधिकृत दीपक कुमार केसीले काठमाडौंमा पहिलो पटक लैंगिक मैत्री शौचालय निर्माण भएको जानकारी दिए । महिला, पुरुष मात्रै होइन फरक यौनिक पहिचान भएका व्यक्तिका लागि पनि शौचालय निर्माण भएको केसीले वताए । नील हिरा समाजको बार्षिक समिक्षा प्रगति विवरण प्रस्तुती पछि जिल्ला शिक्षा अधिकारी, जनस्वास्थ्य प्रमूख लगायतले समूदायका सदस्यको पहिचान गर्ने काममा पनि लाग्न सुझाव दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.