एकादेशमा लभ लेटर : एलजिबिटिआईक्यूका बिषयमा विश्वभर छरिएका लघु चलचित्र प्रदर्शनी हुने

एकादेशमा लभ लेटर : एलजिबिटिआईक्यूका बिषयमा विश्वभर छरिएका लघु चलचित्र प्रदर्शनी हुने

काठमाडौं (पहिचान) कार्तिक २३ – ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी दुईलिंगीका बिषयले प्राथमिकता पाउने भएको छ । चौथो महोत्सवमा संसारभरीका ३० मिनेट भन्दा कम समयका, कुल ७८ वटा लघु चलचित्रहरु सहभागीता हुने छन् । २०६९ सालमा पहिलो पटक सुरु भएको महोत्सवको यस वर्ष चौथो संस्करण हो ।

qfx_ekadeshma_love_letters-1यस महोत्सबमा विश्वभरका ७८ वटा सम्मोहक, आत्मश्रुति, लगायतका कथाहरूलाई लघु चलचित्रका रुपमा सम्प्रेसित गरिनेछन् । एकादेशले विगतका तीन संस्करणमा विभिन्न सामाजिक प्रसंगलाई आत्मसात गरेको र यस बर्ष समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगीका बिषयमा बिश्वभर छरिएका लघु चलचित्रहरु पनि प्रदर्शनी गर्ने जनाएको छ । एकादेशका अनुसार लभ लेटर सेक्सन अन्तर्गत प्रस्तुत हुने यि बिषयका चलचित्रहरु अद्धितिय दृष्टिविन्दु बोकेका हुनेछन् ।

यि चलचित्रहरु परम्परागत पात्र चयनबाट पनि बेग्लै भएकाले यस अंशलाई प्राथमिकता दिएको एकादेशले जनाएको छ । आउँदो कार्तिक २६, २७ र २८ गते काठमाण्डौको कुमारी सिनेमा हलमा आयोजना हुन गइरहेको एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा संसारभरीका विभिन्न फिल्म प्रदर्शनी साथै सिनेमाकर्मीसँग अन्तरक्रिया पनि हुनेछ । अन्तरक्रियामा चलचित्रमा समूदायका सदस्य पहिचानबारे नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.