राष्ट्र संघ महासभामा यौनिक अल्पसंख्यकको मुद्धामा समर्थन जनाउन माग

राष्ट्र संघ महासभामा यौनिक अल्पसंख्यकको मुद्धामा समर्थन जनाउन माग

873
SHARES

काठमाडौं (पहिचान) कार्तिक २४ – नील हिरा समाजले संयुक्त राष्ट्र संघ महासभामा यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धामा समर्थन गर्न माग गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतलाई पत्र लेखेर यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धमा स्वतन्त्र बिज्ञ मुद्धामा मतदा हुन गइरहेकाले यसमा समर्थन जनाउन माग गरेकी हुन् ।

un“हामीलाई प्राप्त जानकारी अनुसार नोभेम्वर ११ तारिख अर्थात कार्तिक २६ गते राती संयुक्त राष्ट्र संघको महासभामा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धमा स्वतन्त्र बिज्ञ मुद्धामा मतदान हुन गइरहेकोले नेपाल सरकारले यस सम्बन्धमा समर्थन गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारलाई सुनिश्चित गर्न त्यहाँ अवस्थित नेपालको स्थायी मिसनलाई जानकारी गराउन तथा मतदान प्रक्रियामा सहभागी भई यस मुद्धामा समर्थन गरिदिन अनुरोध गर्दछु” अध्यक्ष गुरुङले लेखेको पत्रमा उल्लेख छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि निरन्तर दवाव दिदै आएको समाजले परराष्ट्र मन्त्री महतलाई संविधानमा आफ्नो समूदायको अधिकार लेखिएकोबारे पनि ध्यानाकर्षण गराएको छ ।

समाचार शेयर गर्नुहोस्
873
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.