“संचारमाध्यामलाई समावेसी बनाउने हो भने न्युजरुपमा पनि तेस्रोलिंगी ल्याएर अभ्यास गर्न सकिन्छ”

“संचारमाध्यामलाई समावेसी बनाउने हो भने न्युजरुपमा पनि तेस्रोलिंगी ल्याएर अभ्यास गर्न सकिन्छ”

काठमाडौं (पहिचान) कार्तिक २५ – पत्रकार रामप्रसाद दाहालले संचारमाध्यामले समावेसी अभ्यास सुरु गर्न समलिंगी तेस्रोलिंगीलाई पनि न्युज रुपमा स्थान दिन सकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा पत्रकार दाहालले संचारमाध्यम भनेको समाजको ऐना भएकाले समाजका सबै अंगको प्रतिनिधित्व गराउन आवस्यक भएको बताए ।
“सबैलाई समावेसिताको कुरा सिकाउने समाचार पस्कने संचारमाध्यमले पनि समावेसिताको अभ्यास थाल्नु आवस्यक छ” दाहालले भने, “हामी समाजका सबै पक्षलाई समेट्ने कुरा गर्छौ भने तेस्रो लिंगीलाई न्युजरुपमा किन स्थान नदिने ?” उनले देशको संविधानले समलिंगी तेस्रोलिंगीलाई यौंनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरिसकेको भन्दै मिडियाले स्थान नदिनुपर्ने कारण नभएको बताए ।
“मिडिया भनेको समाजले सानो भनेका समस्या पनि भविस्यमा खतरापूर्ण हुन सक्छन् भनेर पूर्वसचेतना दिने माध्यम हो,” दाहालले भने, “मिडियाले यस्ता विषयमा समयमा सचेत बनाएनन् भने भविस्यमा गम्भीर समस्या भए पछि मात्र राज्यले संबोधन गर्छ त्यतिवेला धेरै समस्याहरु उल्झन बनिसकेका हुन्छन् ।” उनले सामाजिक समस्या नआओस भनेर पनि मिडियाले काम गर्नुपर्ने बताए ।
दाहालले देशका अव्यवस्थित ठाउँहरु मध्ये मिडिया नैं रहेको भन्दै राज्यले मिडियाहरुलाई कानुनको दायरामा ल्याउन नसक्ने र दवाव समुहको रुपमा काम गरिरहेको पत्रकार महासंघले आफ्नो भूमिका विर्सदा संचार क्षेत्र नै अस्तव्यस्त रहेको बताए । “पत्रकार महासंघ श्रमजीवी पत्रकारको हित भन्दापनि संचारलाई उद्योगको रुपमा मान्यता दिनुपर्छ भन्ने बहस गर्छ तर श्रमजीवीका लागि आएको कानुन कार्यान्वयन गर्नुपर्छ भनेर दवाव समुहको भूमिका निर्वाह गरिरहेको छैन,” दाहालले भने, “पत्रकार महासंघ र पत्रकार संबद्ध अन्य संगठनमा पनि श्रमजीवीको भन्दा मालिकहरुकै प्रतिनिधित्व गर्ने नेतृत्व हुँदा समस्या आएको हो ।”
दाहालले पत्रकारको प्रतिनिधित्व गर्ने संस्थाले श्रमजीवीकोे हितमा भूमिका निर्वाह नगरेको अवस्थामा यस क्षेत्रलाई व्यवस्थित बनाउन समस्या रहेको बताए । यौंनिक तथा लैंगिक अल्पसंख्यकका समस्याहरु पनि त्यससँगै जोडिने उनले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.