निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘मेरो गीतमा तेस्रोलिंगीको पनि कथा छ’

‘मेरो गीतमा तेस्रोलिंगीको पनि कथा छ’

908
SHARES

काठमाडौं (पहिचान) कार्तिक २५ – गायिका सितल मोक्तानले आफ्नो पछिल्लो गीतमा अधिकार बिहिन तथा पीडित सबै पक्ष समेटिएको बताएकी छन् । पाँच महिना अघि रिलिज गरिएको सिंगल ट्रयाक ‘के म स्वतन्त्र छु…’ बोलको गीत दलित, जनजाती, महिला, हिंसाका शिकार भएकासँगै समलिंगी तेस्रोलिंगीलाई समेटिएको उनको दाबी छ ।
“मेरो गीत महिलाका लागि मात्रै भनेर मैले तयार गरेको होइन, हिंसामा परेका सबैका लागि तयार पारिएको गीत हो,” सितलले भनिन्, त्यहाँ दलित वा समलिंगी तेस्रोलिंगी भनेर उल्लेख नगरिएको होला, तर उहाँहरुलाई पनि मैले सोचेर तयार पारेकी हुँ ।”
गीत भनेको विम्ब र प्रतीकको प्रयोग पनि भएकाले सबै शब्द समावेश गर्न चाहेर पनि नसकिने भन्दै उनले भनिन, “हिंसा सम्बन्धी र पाँच महिनाको पत्रिकामा आएको समाचारको कटिङ मध्ये केही मात्र म्युजिक भिडियोमा समावेश गरेकी छु, सबै त चाहेर पनि देखाउन सकिएन ।”
उनले समलिंगी तेस्रोलिंगीका विषयमा नेपालमा भन्दा आफूले विदेशी गीतमा अप्रत्यक्ष रुपमा उल्लेख गर्ने गरिएको पाएको बताइन् । “समाजले स्वीकार गर्ने क्रम बढ्दै गएको छ, नागरिकता पाइसक्नु भएको छ, तेस्रोलिंगी भन्न बित्तिकै हेयको भावले हेर्नेक्रम पनि घट्दै गएको छ,” उनले भनिन्, “यो सँगै अब गीतमा पनि उहाँहरुका कुरा आउँदै जान्छन्, तर समय लाग्न सक्छ ।” चाहेर कोही पनि समलिंगी तेस्रोलिंगी नहुने भन्दै उनले जन्मसिद्ध कुरालाई सबैले स्वीकार गर्नु पर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
908
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.