निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीलाई व्यङग्यात्म रुपमा प्रस्तुत गरिएका चलचित्र पास नगर्न आग्रह

समलिंगी तेस्रोलिंगीलाई व्यङग्यात्म रुपमा प्रस्तुत गरिएका चलचित्र पास नगर्न आग्रह

473
SHARES

काठमाडौं (पहिचान) कार्तिक २७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले समलिंगी तेस्रोलिंगीलाई व्यङग्यात्मक रुपमा प्रस्तुत गरेर निर्माण भएका चलचित्र पास नगर्न अनुरोध गरेका छन । काठमाडौंमा सुरु एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवको उद्धघाटनमा नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले समलिंगी तेस्रोलिंगीलाई हास्य कलाकारको रुपमा मात्रै खेलाइएका चलचित्र पास नगर्न आग्रह गरेका हुन् ।

“समलिंगी तेस्रोलिंगीलाई हास्य कलाकारको रुपमा मात्रै खेलाइन्छ किन ? व्यङग्यात रुपमा देखाउनु उचित हो ? शर्माले प्रतिप्रश्न गरे, के उहाँहरुको क्षमता छैन ? त्यस्ता फिल्मलाई सेन्सर बोर्डले पास नगरोस ।” उनले समलिंगी तेस्रोलिंगी पनि समाजका प्राणी हुन र उनीहरुलाई पनि महिला पुरुष सरह समाजमा बस्ने अधिकार भएको वताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक एलजिविटिआई फिल्म फेष्टिवल गर्न पर्यटन बोर्डलाई पनि आग्रह गरे ।

‘एलजिविटिआई फिल्म फेष्टिवल गर्नुहुन्छ भने एलजिविटिआई पर्यटकहरु नेपाल आउछन, जसले नेपालको आर्थिक उन्नतीमा विकास गर्छ शर्माले भने, पर्यटन बोर्डले एलजिविटिआई चलचित्र महोत्सव गरेर यो समूदायलाई सहयोग गर्नु पर्छ ।’ अहिले पनि समलिंगी तेस्रोलिंगीको कुरा गर्दा लजाउने गरेको वताउँदै उनले एकादेशले एलजिविटिआइ चलचित्र महोत्सवको कुरा ल्याएर अगाडि बढाएकोमा धन्यवाद दिए ।

‘हामी सानो हुदा कथा सुन्थ्यौ एकादेशमा भनेर राजा राम अयोध्या छोड्दा पनि त्यस्ता समूदाय थिए उनले भने, २१ औ शताव्दीमा आएर पनि एलजिविटिआईको कुरा गर्न अझै हिच्किचाउँछौ, तर त्यो कुरा उठाउने अवसर एकादेशले दिएको छ ।’ नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक शर्माले एलजिविटिआईको कुरा उठाउन कोही पनि नहिच्किचाउन अनुरोध समेत गरे । एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा लभ लेटर अन्तर्गत नेपाल सहित विभिन्न देशका एलजिविटिआई सम्वन्धित लघु चलचित्र प्रदर्शन भइरहेका छन् ।

समाचार शेयर गर्नुहोस्
473
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.