“समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन क्षमता विकास गर्नु पर्छ”

“समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन क्षमता विकास गर्नु पर्छ”

काठमाडौं (पहिचान) कार्तिक २७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य क्षमता विकास अभिमुखिकरण तालिम लिइरहेका छन् । अमेरिकी दूतावासको आर्थिक सहयोग, दायित्व संस्थाको सहयोगमा युएस वाइसी मेम्वर मेघना लामाको आयोजनामा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी व्यक्तिका लागि क्षमता विकास अभिमुखिकरण तालिम संचालन भएको हो ।

तालिममा यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारसँगै फेसन डिजाइन, कृषि क्षेत्र, कलाकारिता क्षेत्र, पत्रकारिता, मेक अप आर्टिस, चलचित्र उद्योगका बिषयबारे जानकारी गराइएको छ । तालिममा नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका अधिकारका लागि गरेको संघर्ष र प्राप्त उपलव्धीबारे पनि जानकारी गराइएको छ ।

युएस वाइसी मेम्वर मेघना लामाले समलिंगी तेस्रोskillलिंगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन क्षमता विकास जस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताइन । उनले तालिममा सहभागीलाई अधिकारसँगै क्षमता विकासमा लाग्न सुझाव पनि दिइन । पिंक टिफानी रेष्टुरेण्टकी संचालिका समेत रहेकी तेस्रोलिंगी महिला लामाले आफूले सिकेको सीप प्रयोग गरेर समाजमा उदाहरणिय रुपमा प्रस्तुत हुन सके समूदायका अरु सदस्यको हौसला बढ्ने वताइन ।

विभिन्न क्षेत्रमा संघर्ष गरेका व्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई तालिम दिइरहेका छन् । तालिममा देशभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य सहभागी छन् । भोलीसम्म संचालन हुने तालिमको नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समापन गर्ने कार्यक्रम रहेको आयोजक युएस वाइसीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.