एकादेशमा ९ वटा एलजिविटिआई लघु चलचित्र प्रदर्शन

एकादेशमा ९ वटा एलजिविटिआई लघु चलचित्र प्रदर्शन

काठमाडौं (पहिचान) कार्तिक २९ – एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा ९ वटा यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा लघु चलचित्र प्रदर्शन गरिएको छ । नेपाल, भारत सहित विभिन्न देशका गरी यौनिक तथा लैंगिक अल्पसंख्यकका बिषयमा निर्मित ९ वटा लघु चलचित्र प्रदर्शन भएका हुन् ।

तीन दिनसम्म चलेको महोत्सवको अन्तिम दिन यौनिक तथा लैंगिक अल्पसंख्यकका बिषयमा भएको अन्तरक्रियामा सहभागीहरुले पछिल्ला चलचित्र समलिंगी तेस्रोलिंगीबारे चेतना जगाउने सन्देश सहित निर्माण भएको वताए । यो समूदायलाई पहिले प्रयोग गरिने भाषामा सुधार आएको छ सहभागीहरुले भने, यौनका कुरा धेरै हुन्थे अहिले कम भएको छ ।sanjaya

अन्तरक्रियामा नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धामा सबै बोल्नु पर्ने वताए । सबैको सहयोग पाएर नै अधिकार प्राप्तिमा सफलता पाएको छ शर्माले भने, सन् २००१ मा सुनिलबाबु पन्तले सुरु गरेको अभियानकै कारण आज घर, परिवार, समाज र राज्यले स्वीकार गर्ने अवस्था बनेको छ ।

अन्तरक्रियामा समलिंगी महिलाको कथा वस्तु राखिएको चलचित्र सुनगाभाका सुवर्ण थापाले समाजमा भएका चरित्रलाई सुनगाभामा समेटिएको वताए । आफूले देखेको कथा प्रस्तुत गरेको हुँ, कतिपयले चलचित्रलाई सहज महसुस गरेनन् थापाले भने, यसका लागि समाज खुल्नु पर्छ भन्ने लाग्यो ।

टेलिचलचित्र सिंहदरवारका दिवाकर राजकर्णिकारले परिवार केन्द्रित चलचित्र बनाएमा समलिंगी तेस्रोलिंगी माथि हुने विभेद, दुरव्यवहार कम गर्न सकिने धारणा व्यक्त गरे । सिंहदरवारमा एक जना समलिंगी पुरुषको भूमिका रहेको वताउँदै उनले भने, हामीले समलिंगी पुरुषलाई व्यङग्यात्मक, हास्य पात्रको रुपमा देखाइएका छैनौ । अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी भरत श्रेष्ठले चलचित्र र संचारमाध्यमले परिवर्तन ल्याउन सहयोग पुर्याउन सक्ने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.