निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

व्यवसायिक तालिम तर्फ तेस्रोलिंगी

व्यवसायिक तालिम तर्फ तेस्रोलिंगी

550
SHARES

सञ्जु पौडेल/काठमाडौं (पहिचान) कार्तिक २९ – समलिंगी तेस्रोलिंगीहरुले सीप विकासमार्फत व्यवसायिक क्षेत्रमा प्रवेशको तयारीमा जुटेका छन् । अमेरिकी दुतावासको आर्थिक सहयोग, दायित्वको व्यवस्थापन र युवा परिषदको आयोजनामा काठमाडौंमा भएको तीन दिने सिपमुलक तालिममा उपत्यका बाहिरका २५ जना सहित ४३ जनाको सहभागिता रहेको थियो ।
usकाठमाडौंमा भएको सीपमुलक अभिमुखिकण तालिम दिनेहरुमा फेशन डिजाइनर विश्व गौतम, नायक जिवन लुइटेल, नव नायक नाजिर हुसेन, कृषि विज्ञ डा. सुदर्शन रेग्मी, पत्रकार महासंघका कन्द्रीय सदस्य माधव दुलाल, ब्युटिसियन चन्द्र गुरुङ्ग, चलचित्र निर्देशक सुदर्शन थापा, नील हिरा समाजको दिवा परियोजनाका सहायक निर्देशक सञ्जय शर्मा, तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामा, विश्वराज अधिकारी, पूर्वमिस नेपाल माल्भिका सुब्बा तथा तेस्रोलिंगी महिला एवं पिंक टिफानी रेष्टुरेण्टकी संचालिका मेघना लामा रहेका थिए । उनीहरुले सहभागिहरुलाई सीप सिक्ने, आत्म विश्वास बढाउने तथा कुरा काट्नेलाई बेवास्ता गर्दै अघि बढ्न सल्लाह दिएका थिए ।
तीन दिनसम्म चलेको अभिमुखीकरण तालिममा तेस्रोलिंगीहरुको समस्या, चुनौती, सम्भावना लगायतका बिषयमा छलफल गरिएको थियो । समलिंगी हक हितको साथमा उनीहरुलाई अझ आत्म निर्भर बनाउन के के गर्न सकिन्छ भनेर उत्पे्ररणात्मक जानकारी पनि विज्ञहरुले गराएका थिए ।
समाजले तेस्रोलिंगी प्रति गर्ने ब्यवाहार, सामाजिक अवस्था तथा अन्य चुनौतीको बाबजुद पनि तेस्रोलिंगीहरुले आफूलाई उत्कृष्ट बनाउन कसरी प्रस्तुत हुने भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।
‘समाजमा हिड्दा पनि आफूहरुलाई अपशब्द प्रयोग गरिने, आफ्नै परिवारमा पनि फरक ब्यवहार गरिने, मनोरञ्जनको रुपमा मात्र हेरिने, प्रहरीले गर्ने दुब्र्यवाहार, परिवारबाट बहिस्कार, पैतृक सम्पतीबाट बञ्चित, नागरिकता तथा राहदानीमा पहिचानको अभाव, तेस्रोलिंगी भएकै कारण शिक्षा, स्वास्थ्य र रोजगारीमा परेको समस्या, लगायतका समस्याहरु छन्’ कार्यक्रमका सहभागिहरुले गनासो सुनाएका थिए ।

समाचार शेयर गर्नुहोस्
550
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.