पाचौ पटकको प्रयासमा अवान्तिकालाई अन्य उल्लेख भएको नागरिकता

पाचौ पटकको प्रयासमा अवान्तिकालाई अन्य उल्लेख भएको नागरिकता

बिनोद वि.सी./पाल्पा (पहिचान) कार्तिक ३० – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले पहिचान अनुसारको नागरिकता लिने क्रम बढेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पहिचान अनुसार अन्य उल्लेख भएको नागरिकता दिन थालेसँगै समूदायका सदस्यले नागरिकता लिने क्रम बढेको हो ।
nagarikataजिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक तेस्रोलिंगीलाई लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता वितरण गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, रुपन्देही, कास्की, मकवानपुर, सिरहा लगायतका जिल्लाले यसअघिनै पहिचान अनुसारको नागरिकता दिएपनि जिल्ला प्रशासन कार्यालय पाल्पाले आनाकानी गरिरहेको थियो । पाँचौ पटकको प्रयासमा तेस्रोलिंगी अवान्तिका घर्तीले जिल्ला प्रशासन कार्यालय पाल्पाले अन्य उल्लेख भएको नागरिकता दिएको हो । घर्ती पाल्पाबाट अन्य उल्लेख भएको नागरिकता पाउने जिल्लामा पहिलो तेस्रोलिंगी हुन् ।
घर्तीले गत साउन महिना देखि नागरिकता लिन जिल्ला प्रशासन धाए पनि कार्तिकमा मात्रै नागरिकता लिएको बताइन् । घर्तीले नेपाल सरकारले जसरी समालिंगी तेस्रोलिंगी समुदायर्लाृ पहिचानको आधारमा नागरिकता प्रदान गरेको छ अबका दिनमा महिला, पुरुष, अपांग, मधेसी, जनजाती, आदिवासी, दलित, पिछडिएका वर्ग, मुस्लिम समुदायहरु सरह रोजगारीको अवसर दिनुपर्ने बताईन् ।
आफू अहिले नेपालका विभिन्न ठाउँमा नृत्य कार्यक्रममा व्यस्त रहेको घर्तीले वताइन । भरोसा समाज बुटवलकी उपाध्यक्ष समेत रहेकी घर्ती दिनहु आफ्नो समय नृत्यमै बित्ने गरेको वताउँछिन् । घर्तीले आफ्नो पहिचान अनुसारको नागरिकता पाएपछि अब छिट्टै राहदानी समेत लिने बताएकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.