विद्यार्थी नेता भन्छन् –‘अब पनि मान्छेलाई विभेद गरेर कहाँ हुन्छ ?’

विद्यार्थी नेता भन्छन् –‘अब पनि मान्छेलाई विभेद गरेर कहाँ हुन्छ ?’

काठमाडौं (पहिचान) मंसिर १ – विद्यार्थी नेताहरुले अहिलेको युगमा पनि मान्छे मान्छेबीचको विभेद सह्य नहुने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाल विद्यार्थी संघका नेता तारा शर्मा र अनेरास्ववियुका नेता दिपक न्यौपानेले अबको युग विकास र समृद्धिको युग भएको भन्दै यो युगमा कसैले कसैलाई विभेद गर्न नहुने बताए ।
‘विश्वबाट नैं विभेद अन्त्य भइसकेको छ, तर नेपालमा विभेदका केही अवशेष अझै पनि भेट्न सकिन्छ,’ विद्यार्थी संघका नेता शर्माले भने, ‘यो सबै वेरोजगारी र अविकासको परिणति हो ।’ उनले मानिस रोजगार नहुने र गरिव र धनि बीचमा विभेद रहेकाले जातीय, लिंगीय तथा अन्य विभिन्न खालका विभेद त्यहिकारण अस्तित्वमा रहेको बताए ।
उनले समलिंगी तेस्रोलिंगीलाई आर्थिक असमता रहेका कारण विभेद रहिरहेको बताए । ‘मानिसहरु बेरोजगार छन्, उनीहरुलाई अरुको आलोचनामा समय खर्चन पर्याप्त समय छ,’ उनले भने, ‘त्यहिकारण समलिंगी विवाहलाई मान्यता दिन नहुने, उनीहरुलाई कानूनी अधिकार दिनु नहुने लगायका बहस मानिसहरुले अहिले पनि गरिरहेका छन् ।’ उनले अहिलेको समय शान्ति र विकासको समय भएको भन्दै विभेदका लागि कुनै पनि ठाउँ नरहेको बताए ।
अनेरास्ववियुका नेता न्यौपानेले विभेद भनेको समाजिक समस्या भएको भन्दै समस्यालाई लिएर अघि बढ्न नसकिने बताए । ‘सामाजिक समस्याहरु छन् भने त्यसलाई हटाएर मात्र अघि बढ्नुपर्छ’ उनले भने, ‘समस्यालाई लिएरै हिड्न खोजियो भने गन्तव्यमा पनि पुगिदैन अनि यात्रा पनि सहज हुँदैन ।’ उनले समृद्धिको यात्रामा रहेका वेला समस्यालाई समाधान गर्नु आवस्यक भएको बताए ।
‘समलिंगी तेस्रोलिंगीलाई अब अधिकारबाट बञ्चित गरेर राज्यको विकासको गति घटाउन हुँदैन’ न्यौपानेले भने, ‘देश नैं समृद्धिका लागि अघि बढेका बेला नागरिकलाई अधिकार माग्ने र नदिएर लड्ने अवस्था आउनु विकास र समृद्धिको पक्षमा हुँदैन ।’
दुबै विद्यार्थी नेताले राजनीति भनेको समाजको अग्रणी भूमिका निर्वाहको माध्याम भएको भन्दै आ–आफ्ना संगठनबाट विभेद अन्यका पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.