निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समयलाई चिन्ने मामिलामा नेपाल धेरै अगाडी छ : गौतम दाहाल

समयलाई चिन्ने मामिलामा नेपाल धेरै अगाडी छ : गौतम दाहाल

418
SHARES

काठमाडौं (पहिचान) मंसिर २ – पत्रकार गौतम दाहालले समयलाई चिन्ने मामिलामा नेपाल धेरै अगाडी रहेको बताएका छन् । पहिचानसँगको कुराकानीमा पत्रकार दाहालले महिला र तेस्रोलिंगी अधिकारका सवालमा नेपाल महाशक्ति राष्ट्र अमेरिका भन्दा पनि अघि रहेको बताए । ‘हामी समाजिक विकासका हिसावले धेरै अगाडी बढिसकेको छौं’ दाहालले भने, ‘सन् २००७ मा नेपालको सर्बोच्च अदालतले गरेको यौनिक अल्पसंख्यकसम्बन्धि फैसलाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार संविधानमा लेखिसकिएको छ, तर अमेरिकाको सर्बोच्च अदालतले सन् २०१४ मा अमेरिकाको सर्बोच्च अदालतले गरेको फैसला अमेरिकाकै कतिपय स्टेटले मान्दैनौं भनिरहेका छन् ।’ उनले नेपालमा जस्तो संविधानमा समलिंगी तेस्रोलिंगीका विषय लेखिने कुरा त धेरै परको कुरा बन्न सक्ने बताए ।
उनले अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारी क्लिन्टनले महिला भएकै कारण हार वेहोरेको भन्दै नेपालमा राष्ट्रपति देखि सभामुख र प्रधान न्यायाधिस समेत महिला नैं रहेको उदाहरण प्रस्तुत गरे । ‘बाराक ओवामाले विगतमा सर्बोच्च अदालतमा एकजना न्यायाधिस सिफारिस गर्नुभएको थियो तर त्यहि विषयमा पनि त्यहाँ हंगामा भएको हो’ दाहालले भने, ‘हाम्रोमा महिला न्यायाधिसले न्याय निरुपण गरेको धेरै समय भयो त्यतिवेला पनि महिला भएका कारण हंगामा भएन ।
उनले पारिवारिक संस्कार र भाइचाराको सम्बन्ध पनि नेपालीमा अरु भन्दा ज्यादा रहेको भन्दै समृद्धि प्राप्त गर्न नसक्नु मात्र नेपालको दुर्भाग्य भएको बताए । ‘नेपालीमा रहेको एउटा मात्रै तर सबैभन्दा खराव कमजोरी भनेको अर्काको खु्ट्टा तान्ने प्रवृति हो,’ दाहालले भने, ‘त्यसलाई सच्याएर मनोविज्ञानमा सुधार गरि श्रमको सम्मान हुने हो भने नेपाल विश्वकै सबैभन्दा समृद्ध राष्ट्र बन्न सक्छ ।’

समाचार शेयर गर्नुहोस्
418
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.