‘तेस्रोलिंगीलाई बुझ्न नसक्नु दुःखद्’

‘तेस्रोलिंगीलाई बुझ्न नसक्नु दुःखद्’

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर ५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेद भोग्न बाध्य रहेको सर्वसाधारण नागरिकले बताएका छन् । महिला पुरुषसरह आमाबाबु बाटै जन्मिएका समलिंगी तेस्रोलिंगीलाई समाजले अझै पनि बुझ्न नसक्नु दुःखद् पक्ष भएको उनीहरुको भनाइ छ ।

ललितपुर कुम्भेश्वरमा बस्दै आएकी अर्चना तण्डुकार महर्जन भन्छिन्, “समलिंगी तेस्रोलिंगीलाई जुनसुकै क्षेत्रमा विभेद हुने गरेको छ, महिला पुरुष जस्तै समलिंगी तेस्रोलिंगी प्राकृतिक भएपनि समाजमा विभेदपूर्ण व्यबहार कम नभएकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले फरक व्यबहार सहन बाध्य हुनु परिरहेको छ ।”

कुम्भेश्वर सर्भिसेज सहकारीमा व्यबस्थापकका रुपमा कार्यरत महर्जन अगाडि थप्छिन्, “मानब सभ्यता सुरु भएसँगै समलिंगी तेस्रोलिंगीको जन्म भए पनि आफनो पहिचान सहित समाजमा खुलेर अगाडि आउन नसक्नाले यो समुदायलाई धेरैले चिन्दैनन्, खुलेर आउदा समाजले विभेद गर्ने भयले खुलेर नआउदा पहिचान पाउन सकिरहेका छैनन् ।”

पाटनकै विकेश महजर्नलाई पनि समाजले समलिंगी तेस्रोलिंगीलाई विभेद गरेर अन्याय गरेको जस्तो लाग्छ । “फिल्महरुमा यो समुदायलाई हासोको पात्र बनाइएकाले पनि सबैले हासोमा उडाउछन्,”उनले भने, “विद्यालय र स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा पनि विभेद भइरहेको छ, यस्तो विभेद कम गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीहरुले चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गर्न आवश्यक छ । सरकारले पनि समान व्यवहारका लागि बाध्यकारी नीति ल्याउनु आवश्यक छ ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.