नयाँ शक्तिमा तेस्रोलिंगीबारे बहस

नयाँ शक्तिमा तेस्रोलिंगीबारे बहस

494
SHARES

काठमाडौं (पहिचान) मंसिर ८ – नयाँ शक्ति नेपालमा तेस्रोलिंगीको अधिकारको विषयमा छलफल भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा तेस्रोलिंगीलाई पनि अन्य उत्पीडित वर्गसरह समान अवसरको व्यवस्था गर्नु पर्ने विषय उठेको हो । “छलफलमा जातीय विभेदको मात्रै कुरा आयो तर लिंगीय विभेदको कुरा उठेन । सबै दस्तावेजमा जातीको कुरा आए पनि तेस्रोलिंगीको कुरा आएन,” केन्द्रीय परिषद सदस्य समेत रहेकी तेस्रोलिंगी अधिकारकर्मी पिंकी गुरुङले बैठकमा भनिन्,“लिंगीय कुरा उठाउँदै समलिंगी तेस्रोलिंगीलाई समेत स्पष्ट रुपमा पार्टीको दस्तावेजमा समावेश नभएसम्म हाम्रो अधिकार र अवसर सुरक्षित हुँदैन ।”
नयाँ शक्तिले उत्पीडितलाई २७, महिलालाई ३३ र खुलातर्फ ४० प्रतिशत आरक्षणको व्यवस्था गरेकोमा समलिंगी तेस्रोलिंगी कहीँ पनि समावेश नभएको उनको गुनासो छ । “उत्पीडितभित्र यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेश गर्नुपर्छ, दस्तावेजमा हामी कुनै पनि परिभाषा भित्र परेनौं ।”
संविधानमा राखिएको कुरा जस्ताको त्यस्तै पार्टी दस्तावेज भित्र राख्नु पर्ने उनको माग छ । नयाँ शक्तिले आफ्नो पार्टी दस्तावेज तथा विधानमा समावेश गरे अरु पार्टीलाई पनि नजिर हुने गुरुङको तर्क छ ।
उनले भनिन् ,“हामीले दस्तावेजमै समावेश गर्न सकिए, पार्टीको लोकप्रियता पनि बढ्छ, चुनावमा जाँदा यो समुदायलाई नयाँ शक्तिले आफूप्रति आकर्षण गर्न पनि सक्छ ।” गुरुङ नेपालका राजनीतिक दलमा सुनिल बाबु पन्त पछि रानीतिक दलको केन्द्रीय परिषद सदस्य हुन् । गुरुङले नयाँ शक्तिको दलित तथा अल्पसंख्यक विभाग प्रमूख समेत हुन् ।

समाचार शेयर गर्नुहोस्
494
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.