फ्रेन्ड्स हेटौंडाको स्वेच्छिक रक्त परिक्षण कार्यक्रम सम्पन्न

फ्रेन्ड्स हेटौंडाको स्वेच्छिक रक्त परिक्षण कार्यक्रम सम्पन्न

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) मंसिर ९ – मकवानमुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको संस्था फ्रेन्ड्स हेटौंडाले स्वच्छिक रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडाको हटिया २० मा आयोजित उक्त कार्यक्रम समलिंगी तेस्रोलिंगीलाई लक्षित गरि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ६० जनाभन्दा बढीले रगत परिक्षण गराएका थिए । रगत परिक्षण गराउने सबै एचआईभी जोखिममा नरहेको ल्याव असिष्टेन्ट महासागरप्रसाद राउतले जानकारी दिए ।
कार्यक्रममा सहभागी भएका सबैलाई समलिंगी तेस्रोलिंगीबारे जानकारी गराइएको नील हिरा समाज हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.