निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एमनेष्टिले अन्तराष्ट्रिय रुपमै समलिंगी तेस्रोलिंगीका विषय उठाउँदै आएको छ : राजन कुइकेल

एमनेष्टिले अन्तराष्ट्रिय रुपमै समलिंगी तेस्रोलिंगीका विषय उठाउँदै आएको छ : राजन कुइकेल

996
SHARES

काठमाडौं (पहिचान) मंसिर ११ – एमनेष्टि इन्टरनेशनलका नेपाल अध्यक्ष राजन कुइकेलले एमनेष्टिले अन्तराष्ट्रिय रुपमै समलिंगी तेस्रोलिंगीका विषय उठाइरहेको बताएका छन् । पहिचानसँगको कुराकानीमा नवनिर्वाचित अध्यक्ष कुइकेलले एमनेष्टिले मानवअधिकारका सबै विधामा आफ्नो उपस्थिति देखाउन खोजेको बताए ।‘एमनेष्टिले अन्तराष्ट्रिय रुपमा नैं समलिंगी र तेस्रोलिंगीका विषय उठाउँदै आएको छ’ अध्यक्ष कुइकेलले भने, ‘नेपालमा समलिंगी तेस्रोलिंगीले एमनेष्टिसँग सहकार्य नगरेका हुनाले नेपालमा यो विषयमा एमनेष्टिीको सहभागिता भएको छैन ।’ उनले समुदायले दवाव समुहका रुपमा काम गर्न र आफ्ना मानवअधिकारका विषय बलियो बनाउन समुदाय र सघसंस्थाहरुको संलग्नतामा दवाव समुह बनाएर काम गर्नुपर्ने बताए ।
उनले विगतमा द्धन्द र हत्या हिंसा मात्र मानवअधिकारको विषय जस्तो भए पनि यसको व्यापक दायरा भएको बताए । ‘विगतमा द्वन्द् हत्या हिंसा र अपहरण तथा गैरन्यायिक थुनामा राख्ने काम मात्र मानव अधिकारका विषयले प्राथमिकता पाएका कारण त्यही मात्र मानव अधिकारको विषय हो कि जस्तो पनि भयो’ अध्यक्ष कुइकेलले भने, ‘तर अब समलिंगी तेस्रोलिंगी माथि हुने गरेका हिंसा देखि महिला हिंसासम्म र कानुनले दिएका अधिकार नपाउने देखि प्राप्त अधिकारबाट बञ्चित भएका विषयसम्म मानव अधिकारसँग जोडिन्छन् ।’ उनले विगतमा राजनीतिक विषयले प्राथमिकता पाएका कारण पनि राजनीतिक विषयले मात्र प्रश्रय पाएको र बाँकी विषय छायाँमा परेको बताए ।

समाचार शेयर गर्नुहोस्
996
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.