‘तेस्रोलिंगी आर्टमा सबैभन्दा माथि छन्’

‘तेस्रोलिंगी आर्टमा सबैभन्दा माथि छन्’

काठमाडौं (पहिचान) मंसिर १४ – गायक बाबु बोगटीले समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा जोड दिएका छन् । “कसैको घर बस्छ भने उहाँहरुलाई किन रोक्नु पर्यो, गायक बोगटीले भने आफ्नो चहाना अनुसार बस्न पाउने मानवको अधिकार हो ।”विश्वका विकसित राष्ट्रले समेत मान्यता दिइसकेको अवस्थामा नेपालमा समलिंगी विवाहलाई मान्यता नदिनु पर्ने कुनै कारण नभएको उनको भनाइ छ । “समलिंगी विवाहलाई मान्यता दिनु पर्ने भएकाले नै मान्यता दिइएको होला,” गायका बोगटीले भने, “हामीले आदर्श मानेका विकसित राष्ट्रले समेत मान्यता दिइएको अवस्थामा समलिंगी तेस्रोलिंगी विवाहलाई नेपालमा मान्यता दिदा हुन्छ ।”
समलिंगी तेस्रोलिंगी आफैं अधिकारका लागि अगाडि आउनु पर्नेमा उनको जोड छ । नायक समेत रहेका बोगटीले आफ्नो अधिकारका लागि आफैं सक्रिय हुनुपर्नेमा जोड दिए । “आफ्नो अधिकारका लागि आफैं लड्नु पर्छ, अरुले लड्दिदैन,” उनले भने, “कसले मेरो लागि काम गर्दिन्छ भन्दा पनि म आफैले कसरी अधिकारका लागि काम गर्नुपर्छ भनेर सचेत हुनुपर्छ ।”
समलिंगी तेस्रोलिंगीका विषयमा गीत तयार नहुनु व्यवसायिक मानसिकताको उपज भएको उनको भनाइ छ । “माया प्रेमसम्बन्धि गीत विक्ने र मन पराइने हुँदा यस्ता गीत धेरै गाइएका हुन्,” उनले भने, “सायद समलिंगी तेस्रोलिंगीका विषयमा गाइएका गीत पनि व्यवसायिक रुपमा बिक्री राम्रो हुने हो भने धेरैले गाउने थिए ।”
“समलिंगी तेस्रोलिंगी कलाको क्षेत्रमा विश्वमै सबैभन्दा माथी रहेको भन्दै उनले भने नेपालमा भने आफूसँग रहेको प्रतिभा लुकाएर बसेको अवस्था छ,” उनले भने, “अब तपाइहरु आफै अगाडि आउनुस्, आफै गीत गाउनुस्, लुकेर बसेर अधिकार पाइदैन । बिस्तारै सबैले स्वीकार्दै जान्छन्, सबैले सहयोग गर्न थाल्छन् ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.