‘सबै नागरिक समान हुन्’

‘सबै नागरिक समान हुन्’

राज चौधरी/कैलाली (पहिचान) मंसिर १५ – मानवअधिकाबादी संस्थाको शाखा कार्यालय महेन्द्रनगर कोक्यापका अध्यक्ष कृष्णप्रसाद देउवाले समलिंगी तेस्रोलिंगिलाई हेर्ने दृष्टिकोणमा फरक हुन नहुने बताएका छन् । सबै नागरिक समान रहेको भन्दै उनले आफ्नो संस्थाले गर्ने कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिता हुँदै आएको स्पष्ट पारे ।
कोक्यापले आयोजना गरेको मानवअधिकार र मानवअधिकार रक्षकहरुको सुरक्षाका लागि तीन दिने तालिममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपीले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा प्रहरी प्रशासनको फरक दृष्टिकोण नरहेको स्पष्ट पारे । राज्यको नजरमा सबै नागरिक समान रहेको उनको भनाइ छ । समलिंगी तेस्रोलिंगी कुनै पनि मुद्दा तथा उजुरी दिन आए प्रमाणका आधारमा न्याय/अन्याय छुट्याउने उनले प्रतिबद्धता जनाए ।
राष्ट्रिय मानव अधिकार आयोग धनगढीका प्रमुख दिपकजंग कार्कीले समलिंगि तेस्रोलिंगीले दिएका उजुरीमा मानवअधिकारका हिसावले आयोगले काम गरिरहको बताए ।
मानवअधिकारबादी संस्था कोक्यापका कार्यालय प्रमुख निर्मल र राज्य लक्ष्मि गुरुङ्गले मानवअधिकार क्षेत्रमा कार्य गर्दै आएका मानवअधिकारकर्मीलाई जोखिम रहेको वताएका छन् । उनीहरुले जोखिमको अवस्थालाई अन्त्य गर्नका लागि सामुहिक छलफलको आवश्यकता औल्याए ।
नील हिरा समाज कन्चनपुरका संयोजक चाल्र्सवोन सिजापतिले ६ वटाजिल्ला बाट आएका महिलालाई समलिंगी तेस्रोलिंले भोग्दै आएको समस्याबारे जानकारी दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.