समलिंगी विवाहलाई मान्यता दिन आग्रह

समलिंगी विवाहलाई मान्यता दिन आग्रह

कञ्चनपुर (पहिचान) मंसिर १६ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले संविधानले सुरक्षित गरेको अधिकार उपभोग गर्न पाउनु पर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा नील हिरा समाजको आयोजनामा पत्रकारहरुसँगको अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यकले संविधानको धारा १२, १८ र ४२ ले प्रदान गरेको अधिकार अनुसार कानुन बन्नुपर्नेमा जोड दिएका हुन् ।
rameshसमलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारर्की राजु लामाले समलिंगी तेस्रोलिंगी पहिचान बिहिन भएर बस्नु परेको अवस्थामा अब संविधानमा उल्लेख भएको अधिकार उपभोग गर्ने अवस्था बन्नु पर्ने बताए ।
उनले भने, हामीलाई सुरुमा नागरिकता पनि पहिचान अनुसारको थिएन । अहिले नागरिकता र राहदानी पाउन थालेका छौं, अब राज्यले समलिंगी विवाहलाई मान्यता दिनुपर्छ ।
राज्यले समलिंगी विवाहलाई मान्यता नदिए पनि धेरै समलिंगी तेस्रोलिंगीसँगै बसेको भन्दै यसलाई बैधानिकता दिए यो समुदाय पनि व्यवस्थित हुने लामाको भनाई छ । naresh
तेस्रोलिंगी अनिसा धमलाले समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर बाँच्नै गाह्रो भएको बताइन् । उनले भनिन्, हामीलाई हाम्रो पहिचान खुलाएर समाजमा आउने अवस्था छैन । आफ्नै घर समाजले खुल्न सक्ने वातावरण नभएका कारण कति साथीहरु अन्य शहरमा गएर मात्रै खुल्नुहुन्छ । उनले राज्यले समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा पत्रकारहरुले कञ्चनपुरमा समलिंगी तेस्रोलिंगीलाई खासै समस्या नरहेको भन्दै सरकारी र गैरसरकारी तहबाट उचित समन्वय भइरहेको बताए । उनीहरुले समलिंगी तेस्रोलिंगीमा पनि केही व्यक्तिगत समस्या भए त्यसलाई त्यागेर आउन सुझाव दिएका थिए ।
राज्यमा सबै नागरिक समान हुने भन्दै उनीहरुले आफ्नो पहिचान खुलाएर आउनुपर्नेमा जोड दिए । आफैं खुलेर नआएसम्म अधिकार नपाइने र समाजले पहिचान नगरेसम्म राज्यले पनि नस्वीकार्ने उनीहरुको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.