समलिंगी तेस्रोलिंगी समुदायलाई एचआईभीको जोखिम धेरै

समलिंगी तेस्रोलिंगी समुदायलाई एचआईभीको जोखिम धेरै

बिनोद वि सी/रुपन्देही (पहिचान) मंसिर २० – लुम्बिनी अञ्चल अस्पताल एआरटी सेन्टरका संयोज धर्मराज भट्टराईले समलिंगी तेस्रोलिंगी समुदायमा एचआईभीको जोखिम धेरै भएको बताएका छन् । संयोजक भट्राईले पछिल्ला दिनमा एआरटी सेन्टरमा समलिंगी तेस्रोलिंगीहरु सेवा लिन आउने क्रम बढे पनि आफ्नो पहिचान खुलाउन हिचकिचाउने गरेको बताए ।
संयोजक भट्टराईले एआरटी सेन्टरको दर्ता फारममा महिला पुरुष मात्रै उल्लेख भएको कारणले पनि उनीहरु हिचकिचाएको हुन सक्ने उनको भनाइ छ । अबका दिनमा नयाँ फारम बनाउँदा महिला, पुरुष र अन्य उल्लेख गरेर फारम बनाउने उनको प्रतिबद्धता छ ।
संयोजकभट्टराईले फारममा नै महिला, पुरुष र अन्य उल्लेख गरेर फारम सञ्चालनमा ल्याए पछि तेस्रोलिंगी समलिंगीलाई आफ्नो पहिचान खुलाउन पनि सहज हुने र एआरटी सेन्टरलाई पनि सबै समुदायको तथ्यांक राख्न सहज हुने बताए । संयोजक भट्टराईले समलिंगी तेस्रोलिंगी समुदाय पनि अरु मानब सरह भएको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि अन्य महिला पुरुष सरहको हक अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिए । समलिंगी तेस्रोलिंगीको अधिकारको लडाइँमा सम्पूर्ण नेपालीले सहयोग गर्नु पर्ने उनको धारणा छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.