‘समलिंगी तेस्रोलिंगी नै शिक्षक बन्नु पर्यो’

‘समलिंगी तेस्रोलिंगी नै शिक्षक बन्नु पर्यो’

धादिङ (पहिचान) मंसिर २१ -शिक्षकहरुले समलिंगी तेस्रोलिंगीका विषयमा अध्यापन गराउन समलिंगी तेस्रोलिंगी नै शिक्षक शिक्षिका हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्रदय माध्यमिक बिध्यालय धादिङका प्रधानाध्यापक अच्युत अर्यालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा विपरित लिंगीभन्दा समलिंगी तेस्रोलिंगीलाई नै बढी जानकारी हुन सक्ने भन्दै समलिंगी तेस्रोलिंगी नै शिक्षक शिक्षिका हुनुपर्ने बताएका हुन् ।
school“अब पहिला विद्यार्थीलाई होइन हामी शिछकहरुलाई जानकारी दिनुहोस,” उनले भने, “यौनिक तथा लैंगिक अल्पसंख्यकको बारे प्रत्यक स्कुल र क्याम्पसहरुमा तपाइँहरु नै शिक्षक बन्न आवश्यक छ ।”
पाठ्यक्रममा भएपनि यसबारे आफूहरुले विद्यार्थीलाई राम्रोसँग बुझाउन नसकेको उनले बताए ।
“अहिले यो समुदायको बारे ६ कक्षादेखि डिग्रीसम्म पढाउनु परेको छ,” प्रधानाध्यापक अर्यालले भने, “विद्यार्थीले सोध्छन् तेस्रोलिंगी, तेस्रमेलिंगी भनेको के हो ? तर यो हामीलाई जानकारी नै छैन के उत्तर दिने हामीसँग नै जवाफ छैन । त्यसैले तपाइँहरुले नै केही उपाय गर्नु होला ।”
नील हिरा समाजले शुक्रबार उक्त विद्यालयका कक्षा ८ देखि ० सम्मका विद्यार्थीलाई समलिंगी तेस्रोलिंगीबारे जानकारी दिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.