‘समलिंगी विवाहबारे खुलेर बहस गर्नुपर्छ ’

‘समलिंगी विवाहबारे खुलेर बहस गर्नुपर्छ ’

काठमाडौं (पहिचान) मंसिर २२ – गायक भरत सिटौलाले समलिंगी तेस्रोलिंगीलाई आफ्नो पहिचान खुलाएर आउन आग्रह गरेका छन् । आफैं खुलेर नआएसम्म समाजले स्वीकार नगर्ने उनको भनाइ छ ।
विस्तारै समलिंगी तेस्रोलिंगीलाई समाजले सकारात्मक रुपमा लिन थालेको भन्दै उनले भने, “पछिल्ला केही वर्ष यता समलिंगी तेस्रोलिंगीलाई पनि समाजले सकारात्मक रुपमा हेर्न थालेको छ ।

उनीहरु आफैं आफ्नो पहिचान निर्धक्कसँग भन्न थालेपछि अवस्था झै सहज हुँदै जानेछ ।” “सबै अल्पसंख्यकको अधिकार संविधानमै मुखरित हुनुपर्छ,” गायक सिटौलाले भने, “सबै नागरिक समान हुन्, सबैले कानुन र संविधानमै अधिकार पाउनु पर्छ ।”
समलिंगी तेस्रोलिंगीबारे धेरै कम जानकारी भएकाले उनीहरुबारे गीत नबनेको उनको भनाइ छ । “समयको विकासक्रमसँगै बिस्तारै सबै कुरा गीतमा पनि समावेश हुन्छन्,” उनले भने, “एउटा गीतको म्युजिक भिडियो समलिंगी सम्बन्धलाई चित्रित गरेर बनाइएको छ । यो सुरुआत हो ।”
समलिंगी विवाहलाई मान्यता दिने या नदिनेबारे संसद्मा वहस भइरहेको प्रति उनले भने, “अव यसबारे खुलेर बहस हुनुपर्छ के गदाए उत्तम हुन्छ, त्यही गर्नुपर्छ । एकले अर्कोलाई मन पराउँछ भने रोक्नुपर्छ जस्ता मलाई लाग्दैन ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.