निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीका अधिकार नसमेटिने कानुन अग्रगामी हुँन सक्दैन : बृषेशचन्द्र लाल

तेस्रोलिंगीका अधिकार नसमेटिने कानुन अग्रगामी हुँन सक्दैन : बृषेशचन्द्र लाल

781
SHARES

काठमाडौं (पहिचान) मंसिर २३ – तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले संविधान र कानुन जहिले पनि अग्रगामी हुनु पर्ने भन्दै समलिंगी तेस्रोलिंगीलाई नसमेट्ने संविधान, कानुनलाई अग्रगामी मान्न नसकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा उपाध्यक्ष लालले नेपालको संविधानमा भाषा, देखि विषयबस्तुसम्म धेरै खाले त्रुटीहरु रहेको बताए ।
‘संविधान र कानुनमा यति धेरे त्रुटीहरु छन् कि त्यसलाई सच्याएर हुने अवस्था छैन, त्यसैले पनि हामीले पुर्नलेखनको कुरा गरेका थियौ,’ लालले भने, ‘तर अहिले परिस्थिति यस्तो बन्यो कि हामीले संशोधन गरेर अघि नजाँदा सबै उपलब्धि नै गुम्ने अवस्था भएकाले हामी संशोधनमा आइपुगेका हौं ।’ उनले अहिलेको संविधानले समलिंगी तेस्रोलिंगीका कुनै अधिकार नदिएको भए संशोधनमार्फत नै त्यसलाई सुनिश्चित गर्नुपर्ने बताए ।
‘यदी संविधानले नै कुनै अधिकार दिएको छैन भने संशोधनमार्फत त्यसलाई संबोधन गर्नुपर्छ,’ लालले भने, ‘संविधानले दिएका अधिकार पनि कानुनमा लेख्नु हुँदैन भन्नेहरु अतिवादी हुन् त्यस्तो अतिवादलाई न्यायलयले नियन्त्रण गर्नसक्छ ।’ उनले संविधानले दिएका अधिकार कुनै कानुनमा रोक लगाएमा त्यस विरुद्ध जाने र आफ्नो अधिकार सुरक्षित गर्ने बाटो खुल्ला रहेको बताए ।
तमलोपा नेता लालले सम्पत्तिको अधिकार र स्वामित्व हस्तान्तरणको अधिकार कानुनबाट नै गर्न सकिए पनि अहिले समलिंगी विवाहका विषयमा बहस केन्द्रीत गर्नुपर्ने बताए । ‘समय धेरै बलवान हुन्छ, त्यसैले आज वेठिक लागेका कुरा भेली ठिक लाग्न पनि सक्छन्,’ लालले भने, ‘हिजो तेस्रोलिंगीका विषयमा बोल्न कोही तयार हुँदैनथ्यो आज संविधानमा लेखिएको छ ।’ उनले अन्य अधिकार जस्तै विवाहको अधिकार पनि समयले नैं प्रदान गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
781
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.