यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्पर्क समिति गठन

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्पर्क समिति गठन

काठमाडौं (पहिचान) मंसिर २३ – नयाँ शक्ति पार्टीले रुपन्देही, कपिलबस्तु र नवलपरासीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्पर्क समिति गठन भएको छ । नयाँ शक्ति पार्टीको दलित तथा अल्पसंख्यक विभाग प्रमूख पिंकी गुरुङको उपस्थितिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्पर्क समिति गठन भएको हो ।

नवलपरासीमा आकास रानाको संयोजकत्वमा सम्पर्क समिति गठन भएको छ भने कपिलवस्तुमा प्रेरणा विष्टको संयोजकत्वमा सम्पर्क समिति गठन भएको छ । रुपन्देहीको भैरहवा र बुटवलमा नयाँ शक्ति पार्टी अन्तर्गत यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्पर्क समिति गठन गर्ने बिषयमा छलफल भएको र समिति गठन गर्ने निर्णय भएको नील हिरा समाजकी अध्यक्ष समेत रहेकी नयाँ शक्ति पार्टीको दलित तथा अल्पसंख्यक विभागकी प्रमूख पिंकी गुरुङले आफ्नो फेसवुकमा लेखेकी छन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.