पहिचान अनुसारको नागरिकता बनाइदिन प्रजिअ दुवाडीलाई आग्रह

पहिचान अनुसारको नागरिकता बनाइदिन प्रजिअ दुवाडीलाई आग्रह

मकवानपुर (पहिचान) मंसिर २६ – यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) हरुले नागरिकता पाउनुपर्ने माग गरेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले पहिचान सहितको नागरिकता बनाइदिन माग गरेका हुन् । पुरुष वा महिलाको नामबाट नागरिकता लिएका समलिंगी तेस्रोलिंगीहरुले पहिचानसहितको नागरिकता नहुँदा विभिन्न समस्या खेप्नुपरेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलाई भेटेर समस्याको बिषयमा जानकारी गराएका हुन् ।

बिहीबार नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापा, फ्रेण्डस् हेटौंडाका अध्यक्ष कृष्णबहादुर थोकरसहित करिब १५ जना समलिंगी तेस्रोलिंगी प्रशासनमा पुगेका रेडियो मकवानपुरले समाचार दिएको छ । सुरज थापाका अनुसार मकवानपुरमा खुलेर आएका समलिंगी तेस्रोलिंगीहरु करिब २ सयको हाराहारीमा रहेका छन् भने करिब ५ हजार समलिंगी तेस्रोलिंगी सम्पर्कमा रहेका छन् ।

उनीहरुको समस्या सुनिसके पश्चात प्रमुख जिल्ला अधिकारी दुवाडीले समलिंगी तेस्रोलिंगीको समस्या समाधानमा आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए । निर्देशिका अनुसार तेस्रोलिंगीको ठाउँमा अन्य भनेर नागरिकता दिने बिषय स्पष्ट भएपनि गृह मन्त्रालयले ठोस निर्णय नपठाएको बताउँदै प्रमुख जिल्ला अधिकारी दुवाडीले यसको लागि मन्त्रालयलाई पत्र पठाएको बताए ।

यसअघि पुरुष वा महिलाको नामबाट लिएको नागरिकतालाई अन्य भनेर नागरिकता दिनुपर्ने भन्ने माग देखियो’, उनले भने, व्यवहारिक रुपमा उहाँहरुलाई समस्या परेको पनि बुझियो । यस समस्या समाधानको लागि मैले गर्नुपर्ने पहल र सहयोग हुनेछ । यसअघि करिब ३ बर्ष अगाडी मकवानपुरबाट अजिता भुजेलले अन्यको नामबाट नागरिकता लिइसकेकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.